डडेल्धुरालाई तरकारि तथा पशुजन्य उत्पादनमा आत्मानिर्भर बनाउने अभियानमा लागेको छु ः अवस्थि
डडेल्धुरा ( दिपकराज भट्ट) – डडेल्धुरा जिल्ला तकारि र फलफुल उत्पादनमा प्रख्यात जिल्ला हो । सुदुर पहाडका सात पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्लामा थुर्पै सम्भामवनाहरु रहेका छन् ।




डडेल्धुराका प्रसाद तरकारि उत्पादकको रुपमा चिनिदै आएका छन् । उनले आफ्नै करिब १ करोड पचास लाख लगानीमा फर्म संञ्चालनमा ल्याएका छन् । उनले गन्यापधुरा गाँउपालिका १ लकतडामा फर्म संञ्चालन गरेको झण्डै ५ बर्ष भयो । उनी दिनहुजसो आफुबस्ने घर बाट ७ किलोमिटर टाढा रहेको र्फममा आफु र उनी जिवन संगनी सँगै जाने गर्छन् ।

उनले ८० रोपनी जमिन लकटडामा लिजमा लिएका छन् भने बल्तडी, घोलना र करकरल्लेमा गरि जम्मा २२० रोपनीमा तरकारि र पशुजन्य उत्पादन गर्दै आएका छन् ।
उनको फर्ममा जाने वित्तिकै जो कोहि लाई पनि एउटा विकसित देशका फर्ममा गएको जस्तो अनुभव हुन्छ । फर्ममा उनले तरकारि ( काक्रा,टमाटर, भिण्डी, काउली, बन्दा, सिम्ला, खुसार्नी, आलु, प्याज , टमाटर ) लगाउने गरेका छन् भने पशुजन्य उत्पादनमा कुखुरा फर्म, माछा पालन , गड्यौला मल संञ्चालनमा ल्याएका छन् ।
उनले स्वदेशमै स्वरोजगारि सिर्जना गर्ने लक्ष्यका साथ फर्म सुरु गरेको अवस्थि बताउछन् । फर्ममा बार्षिक रुपमा ९ जनाले रोजगारि पाएका छन् । उनले फर्म संञ्चालनमा ल्याएर रोजगारी मात्र सिर्जना गरेनन् बरु अरु गाँउले लाई पनि व्यवसायिक तरकारि गर्न प्रेरित गरेका छन् ।
फर्ममा २१ ओटा पलास्टिक टनेल, ३ ओटा माछा पोखरी, एक कुखुरा फर्म, १ भैसि खोर रहेकोछ । गत बर्ष मात्र फर्मले ३२ क्विन्टल रायो उत्पादन, १२ टन आलु, १० टन मुला र १५ टन अन्य तरकारि (खुर्सानी, सिमला, टमाटर आदी) उतपादन गरेको थियो ।
कसरि आयो प्रसादलाई व्यवसायिक कृषि गर्ने सोच —
डडेल्धुरामा सानो तकारि बिकिृ गर्ने पसल स्थापना गठरेका प्सादले गाँउ गाँउ बाट तरकारि संकलन गरि सुदुर पहाडका सात जिल्ला र तराईका दुई जिल्ला कैलाली , कंञ्चनपुरमा बिकिृ गर्ने गरथ्र्ये । उउनले किसानहरु संग आफ्नो रराम्रो सम्बन्ध बनाएका थिए । २०६० साल तिर उनी भागेश्वर ४ डंगरिमा टमारटर खरिद गर्नका लागि त्यहा पुगे उनले किसान बाट त्यो टमाटर प्रति केजी २ रुपैयाका दरले खरिद गरि प्रति केजी ३ रुपैयामा बिकिृ गरेका थिए । उनले यो किसानको पिडालाई देखर अब आफ,्लै फर्म खोलने निधो गरेर फर्मालाई साना साना संरचना निमार्ण गरि संञ्चालनमा ल्याए । उनी बागबजारको व्यापार छाडेर गाँउ (भातकाडा) मा आए । यसरि उनले सानो सानो लगानी गर्दै अहिले डेढ करोड रुपैया फर्ममा लगानी गरिसकेका छन् । उनलाई पछिल्ला केहि बर्ष यता सरकारि संस्थाहरुको सहयोग मिल्दै आएकोछ जसले गर्दा उनको मनोबल बढदै गएकको छ ।
साथीको रुपमा श्र्रीमती लाई पाए –
उनलाई यो फर्म संञ्चालन गर्नका लागि उनकि श्र्रीमतीले ठुलै सहयोग गरिन , सुरुमा आफै र्फममा काम गर्ने ढुवानी गर्ने गरथ्र्ये ।

फर्ममा १० जनाले पाए बार्षिक रोजगारि –
अहिले र्फम संञ्चालनमा आएपछि स्थानीय १० जनाले बार्षिक रोजगारि पाएका छन् भने ५० भन्दा बढिले सिजनमा दैनिक ज्यालादारि पाउने गरेका छन् । यसरि गाँउमै रोजगारी पाउदा आफुले बिदेश जानु नपरेको स्थानीय खगेन्द्र नाथले बताए । फर्म संञ्लन हुँदा स्थानीयहरु खुशी भएका छन् ।
कृषि गर्ने लाई प्रेरणाका स्रोत्र –
पछिल्लो समयमा जंगली जनावरहरुको आतंकले गर्दा , भौतिक संरचनामा कमी हुनाले कृषि पेसा गर्नेहरु को स.ख्या घटदो क्रममा रहेका बेला प्रसाद प्रेरणाका स्रोत्र बनेका छन् । उनले फर्म संञ्चालनमा ल्याएको लकतडाका स्थानीयहरु ले पहिला खेतमा धान र गहुँ मात्र लगाउने गथ्र्ये भने अहिले उनै प्रसादको सिको(सिकाई) गरेर आलु र अन्य तरकारि लगाउने गरेका छन् जसबाट स्थानीयहरुले बार्षिक रुपमा १ लाख सम्मको तरकारि बेच्ने गर्छन् ।
विद्यार्थीका लागि सिकाई केन्द्र –
अहिले फर्ममा बार्षिक रुपमा सिकाई (ओजेटि) गर्नेको संख्या २५ देखि ३० जना रहेका छन् । फर्ममा कृषि तथा भेटेरिनरि पढिरहेकाहरुले तालिम लिने गरेका छन् । आफु बझाङ बाट यस र्फममा ६ महिने तालिमका लागि आएको यँहाको सिकाई उपलब्धि निकै राम्रो रहेको विद्यार्थी शुसिला बोहराले बताईन् ।

किसानहरु लाई अवस्थिको सन्देश –
र्फम संञ्चालनमा ल्याए प्रसाद अवस्थि आम डडेल्धुराका किसानहरु लाइृ भन्छन हामीले गर्दै आएको परम्परागत खेतीलाई आधुनिकिकरण तर्फ लैजाने हो भने डडेल्धुरा जिल्ला लाई तरकारि तथा पशुजन्य उत्पादनमा आत्मा निर्भर बनाउनु सकिनछ । हरेक किसानहरुले बाझो रहेको जमिनलाई खेतीमय बनाउनु जरुरि छ । मेरो यहि अनुरोध सबैमा छ ।
बिदेशिने युवालाई अनुरोध –
अवस्थि भन्छन हामीले विदेश जाने बेला जति लगानी लाग्छ त्यो लगानी लाई स्वादेशमै लगाउने हो भने बिदेशको भन्दाच राम्रो कमाई हुन्छ । विदेशमा पोख्ने पसिना स्वदैश मै पोखौ आफुलाई स्वारोजगार बनाऔ ।
अविस्थि जिल्लाका उतकृष्ट किसान घोषण मात्र भएनन् उनले प्रदेश उतकृष्ट किसानको सुचीमा समेत यहि कर्मले आफ्नो नाम निकाल्न सफल भए उने जिल्ला उतकृष्ट किसान भएर नगद रु २५ हजार सहित सम्मान पाए भने प्रदेश उतकृष्ट ५ भित्र परेर नगद ७५ हजार नगद सहित समान पाएका छन् ।
अवस्थिले व्यवसायीक खेती गर्ने किसानहरुका लागि स्थानीय सरकार र सम्बन्धित निकायले हौसला बढाउने खालका योजनाहरु ल्याउनु पनेृ , किसानहर लाई विऊ पूजीँको रुपमा लगानी गर्नु समेत आग्रह गरे ।


























