२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोको वितण्डा : १४ जनाको मृत्यु, १६ बेपत्ता

– अछाममा बाढीले बगाउँदा ६ जनाको मृत्यु,  ११ जना बेपत्ता
– बझाङमा पहिरोले घर पुरिँदा दाजुभाइको मृत्यु
– बाजुरामा बाढीपहिरोमा दुईको ज्यान गयो
– दैलेखमा तीनको मृत्यु, एक बेपत्ता
– कालिकोटमा पहिरोले पुरिएर चारजना बेपत्ता
– सुर्खेतमा घर भत्किँदा बालिकाको मृत्यु
– जाजरकोटमा बाढीले वडा कार्यालय र पुल बगायो

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । बाढीले सबैभन्दा ठूलो क्षति सुदूरपश्चिम प्रदेशको अछाममा भएको छ । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । फेला परेका तीनवटा शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी योगेन्द्रसिंह थापाले बताए । 

प्रहरीका अनुसार रामारोशन गाउँपालिका– ५ का २४ वर्षीया गौरी शाह, ५२ वर्षीय चन्द्र साउद र १२ वर्षीय नवीन साउदको सनाखत भएको छ । बाढीले बगाउँदा मंगलसेन नगरपालिका– ३ मा दुईजना, मंगलसेन– १० मा एकजना, बान्नीगढी–जयगढ गाउँपालिका– ८ मा दुईजना र रामरोशन गाउँपालिका– ४ मा एकजनाको शव भेटिएको डिएसपी थापाले बताए । एउटा शव टाउको नभएको अवस्थामा भेटिएको उनले बताए । 

बाढीले बगाउँदा रामारोशन– ५ की ५५ वर्षीया गंगा साउद र उनका छोरा १८ वर्षीय रूपेश बेपत्ता भएका छन् । गंगाका कान्छा छोरा १२ वर्षीय नवीनको शव भेटिएको छ । त्यही वडाकै बिमादेवी साउद, उनकी बुहारी कविता र नातिनी ६ वर्षीया प्राप्ति बेपत्ता भएको रामारोशन गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताए । 

अध्यक्ष साउदका अनुसार सोही ठाउँका ४५ वर्षीय अमर शाह, उनकी पत्नी ३५ वर्षीया पवित्रा शाह बाढीमा बगेर बेपत्ता भएका छन् । त्यस्तै, ३७ वर्षीया वशुदेवी साउद, ४५ वर्षीय नन्दसिंह साउद र उनकी पत्नी ४२ वर्षीया गंगादेवी साउद बेपत्ता छन् ।

यस्तै, पञ्चदेवल विनाय नगरपालिकाकी ४० वर्षीया लालसरा शाही र उनका छोरा १२ वर्षीय वसन्त बाढीमा बगेर बेपत्ता छन् । स्थानीयका अनुसार उनीहरू रामारोशन– ५, सैनीबजारमा व्यापार गरेर बस्दै आएका थिए । यस्तै, स्थानीय ५५ वर्षीय जोगा साउद र २३ वर्षीय सम्झना शाह पनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलाश खोलामा राति १२ बजे आएको बाढीले रामारोशन गाउँपालिका–५, सैनीबजारका २२ वटा घर र पसल बगाएको छ । ‘तल कम पानी पर्‍यो, माथि बढी पानी परेकाले खोलामा बाढी आयो,’ अध्यक्ष साउदले भने, ‘निद्रामा भएका वेला बाढी आएको धेरैले थाहा पाएनन्, बाढीले बजार नै बगायो ।’ तीनवटा परिवारले भने भागेर ज्यान जोगाएको उनले बताए । सैनीबजारनजिकै खट्टेखोलीमा पनि ६ घर जोखिममा परेका छन् । 

बाढीमा बेपत्ता भएकाको खोजीका लागि हेलिकोप्टरमार्फत सुरक्षाकर्मी सैनीबजार पुगेका छन् । सुरक्षाकर्मी खोजीमा जुटेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।