डडेल्धुरा (दिपकराज भट्ट) – नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको अध्यक्षमा धनबहादुर भण्डारी चयन भएका छन् । प्रेस युनिनका निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका भण्डारी ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन मार्फत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।



भण्डारी सँगै समितीमा खुला उपाध्यक्षमा अरुण जोशी, महिला उपाध्यक्षमा पार्वती गुरुङ, सेवासमूह उपाध्यक्षमा लोकराज पनेरु, अनौपचारिक उपाध्यक्षमा उद्धवसिंह महरा, सचिवमा मानबहादुर साउद, सहसचिवमा भानबहादुर बिक र गोपालदत्त पनेरु, कोषाध्यक्षमा विष्णा उप्रेती र सहकोषाध्यक्षमा देवकी माल चयन भएका छन् ।सदस्यहरुमा दानबहादुर बुढाऐर, मानबहादुर शाहु, पदमराज भट्टराई, पदम थलाल, शेरबहादुर बुढाऐर, कमलप्रमा भण्डारी, सम्झाना पाण्डेय र सुनिल बुढाऐर चयन भएका छन् । शिवराज पाठक, हिक्मतबहादुर धामी र चेतराज भट्ट प्रदेश प्रतिनिधिमा चयन भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका निर्वतमान अध्यक्ष टेकराज पाण्डेयको अध्यक्षमा भएको उद्वघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँद रहेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती खड्काको पनि उपस्थिती रहेको थियो ।
को हुन भण्डारी –
वि.सं. २०४१ भदौ ९ गते अजयमेरुको पुईलेकमा जन्मनु भएका भण्डारीले २०५८ मा एस.एलसि. गाँउकै विद्यालयमा उर्तिण गरे, उनी पत्रकारितामा २०६२ देखि निरन्तर कलम चलाउदै आएका छन् ।
२०६६ सालमा भणरी प्रेस युनियनको केन्द्रीय पार्षदमा डडेल्धुरा बाट निर्वाचित भए, २०६७ मा पत्रकार महासघंको सधारण सदस्य ,२०७० मा प्रेस युनियनको सचिव ,२०७१ मा पत्रकार महासंघ डडेल्धुराको कोषाध्यक्ष ,२०७४ मा प्रेस युनियन डडेल्धुराको अध्यक्ष ,२०७१ देखि रासस र २०७५ देखि हाल सम्म अन्नपूर्ण पोष्ट राष्टिय दैनिक्मा कार्यरत छन् ।

२०६० मा उच्च माध्यमिक शिक्षा उर्तिण गरे भने २०६७ मा स्नातक, २०७७ मा मास्टर्स (समाजशास्त्र) वाट उर्तिण गरे, भण्डारीले २०६१ मा गाउकै समैजी प्रा. वि. मा शिक्षक भएर काम गरे ।
भण्डारी ले जिल्लामा अन्य गैरसरकारि क्षेत्रमा र पुर्णरूपमा पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । भण्डारी बैशाख २२ गतेको नेपाल ट्रेड युनियन काग्रेसको चोथो जिल्ला अधिवेशन वाट अध्यक्ष सर्बसम्मत चयन भएका छन् ।


















