२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

अनेरास्ववियु डडेल्धुरा विज्ञप्ती ः भलिवलका नाममा सरकारि ढुकुटिको र्दुपयोग

एकलौटि गरेको आरोप
डडेल्धुरा ः डडेल्धुरा: डडेल्धुरामा आयोजना हुने सर्वाधिक धनराशीको खुला भलिबल प्रतियोगिताप्रति नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आपत्ति जनाएको छ। डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गर्न लागेको भलिबल प्रतियोगिताप्रति अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।

स्ववियुले बुधबार आयोजना गरेको पत्रकार सम्मेलन गरी खुल्ला पुरुष र क्याम्पसको आन्तरिक महिला भलिबल प्रतियोगिता हुनेबारे जानकारी गराएका थियो। बुधबार साँझ अनेरास्ववियु डडेल्धुराले प्रतियोगिता आयोजनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

विद्यार्थीभित्र हरेको प्रतिभालाई प्रर्दशन गर्न यस्ता रचनात्मक क्रियाकलापलाई अनेरास्ववियु सधै स्वागत गर्दछ। तर समाजिक विकास मन्त्रालयबाट बिनियोजित रकम दश लाखको क्याम्पस र क्याम्पसभित्र अध्यानरत छात्रका लागि कुनै प्रतिफल नभएको आयोजनाप्रति अनेरास्ववियु डडेल्धुरा घोर विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। यसका साथै अनेरास्ववियुले डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको वैधानिकतामाथि पनि प्रश्न उठाएको छ।

‘त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जसको कार्यकाल २ वर्षको हुन्छ। २०७३ फागुनमा भएको स्ववियु २०७५ फागुनसम्म रहने गरी निर्वाचन भएको थियो। कार्यकाल समाप्त भएपछि त्रिविले ६ महिना पहिलोपटक र ६ महिना दोस्रो पटक गरी दुईपटक म्याद थप गरिएको छ। त्यसपछि त्रिविले (स्ववियु) लाई कुनै अख्तियारी दिएको जानकारीमा आएको छैन। कुनै अख्तियारी नभएको स्ववियुले एकलौटी मनोमानी तरिकाले कुनै प्रक्रिया नपुगाई गर्न खोजिएको सरकारी रकमको दुरुपयोगप्रति अनेरास्ववियु डडेल्धुरा घोर भत्सना गर्दछ,’ जिल्ला अध्यक्ष पुस्करबहादुर देउवाद्वारा हस्ताक्षतिर विज्ञप्तिमा उल्लेख छ।हरौं अनेरास्वियुले जारि गरेको विज्ञप्ती ः
यो पनि पढौं

डडेल्धुरामा भलिबल प्रतियोगिता हुने

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।