२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

डडेल्धुरा र डोटीमा लाइसेन्सको ट्रायल भोलि मुख्यमन्त्री बाट उदघाटन हुने

डडेल्धुरा ः डडेल्धुरा र डोटीमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा ९ट्रायल० हुने भएको छ ्र
यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार ट्रायल उद्घाटन गर्न लागेका हुन्। दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
यातायात व्यबस्था कार्यालय डडेल्धुराका प्रमुख मेखराज उपाध्यायका अनुसार भोलि सुरुमा डोटी र त्यसपछि डडेल्धुरामा ट्रायल उद्घाटनको कार्यक्रम रहेको जनाएका छन् । यातायात डडेल्धुरामा पहिलो पटक सञ्चालन भएको ए, के र बी वर्ग अर्थात मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको जनाए । ‘कार र जीपका लागि ४३ जनाले लिखित परीक्षा दिएकोमा २७ जना उत्तिर्ण भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि १ सय १७ जनाले लिखित परीक्षा दिएकोमा १०६ जना उत्तिर्ण भएका छन्,’ निमित्त कार्यालय प्रमुख उपाध्यायले चेतना खबरलाई बताय।
उनका अनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै भोलि नै परीक्षणकालीन लाइसेन्स वितरण गर्ने तयारी रहेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीमा राखिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।