२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

विप्लवको दल चुनावमा सामेल नहुने, सशस्त्र गतिविधिको धम्की

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा सहभागी नहुने भएको छ । उसले संसदीय व्यवस्था र संविधान स्वीकार गरी दल दर्ता गराएर चुनावमा सामेल हुने कल्पना पनि नगर्न भनेको छ ।

कपिलवस्तुमा विप्लवको दलको बैठक चलिरहँदा उक्त दलको मुखपत्र ईरातोखबरले सम्पादकीयमार्फत् चुनावमा सामेल नहुने स्पष्ट पारेको हो । सम्पादकीयमा भनिएको छ,‘नेपाल कम्युनिस्ट पार्टी देश, जनता र क्रान्तिको भविष्य खाडलमा हालेर यो असफल र बदनाम संसदीय व्यवस्था र त्यसको संविधान स्वीकार गरी दल दर्ता गराएर संसदीय व्यवस्थामै विलय हुने गरी चुनावमा सामेल हुन्छ र आफ्नो क्रान्तिकारी विरासत समाप्त पार्ने ध्वंसात्मक निर्णय गरेर फर्कन्छ भन्ने कल्पना पनि नगर्नु राम्रो हुन्छ ।’

यद्यपि, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र चुनावमा जाने विषय उठेको स्वीकारिएको छ । उक्त दलको बैठक चलिरहँदा चुनावमा सहभागी ह्ुने विषय उठेको चर्चा चलिरहँदा सम्पादकीयमार्फत् आधिकारिक धारणा आएको छ ।

यसअघि विप्लवले रातोखबरमा लेखमार्फत् सशस्त्र क्रान्ति गर्ने लेखेका थिए । उनले सशस्त्र क्रान्तिको आवश्यकता रहेको भन्दै प्रचण्ड र बाबुराम भट्टराईको जीवनकालमा सशस्त्र क्रान्ति गरेर देखाउन उल्लेख गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।