२०८३ आश्विन २१ बुधबार
२०८३ आश्विन २१ बुधबार

बर्षादले भत्कायो बडुवा कुलोः खेत बाझै रहने चिन्ता

डडेल्धुरा – डडेल्धुराको भागेश्वर ४ मा रहेको बडुवा कुलो हालै आएको बर्षादले भत्काएको छ । करिव ५ किलोमिटर लम्बाई रहेको कुलोको विभिन्न खण्डहरुमा क्षति पुगेको छ ।
सयौ रोपनी जमिन खेती योग्य रहेको यो कुलोमा एक सय परिवार लाभग्राहि रहेका छन् । अहिले खेतमा गहु लगाईएको भए पनि उत्पादन भने अरु बर्ष जस्तो नहुने र धान रोप्दा खेत बाझै रहने चिन्ता रहेको कृषक अशोक भट्टले बताए ।
कृषि उत्पादनमा बृद्धि गर्ने उद्धेश्यका साथ २०७० सालमा लाखौ रुपैया लगानी गरेर कुलाको मर्मत सम्भार गरिएको थियो । हाल सालै आएको बर्षदले भने कुलोको मुलमै (ढाण) ठुलो क्षति पुगाएको छ ठाउ ठाउमा कुलो भत्किनुका साथै पुरिएको छ । कुलो मर्मतका लागि धेरै समय र खर्च लाग्ने भट्टको भनाई छ ।
कुलो मर्मतका लागि स्थानिय सरकार र माथिल्ला निकाय संग माग गर्ने कुलो मर्मत समितीका अध्यक्ष निर्मल भट्टको भनाई रहेको छ । किसानहरुको उत्पादन बृद्धि गर्नुका लागि कुलोमा पहिला लगानी गरे पनि हालैको बर्षादले कुलो भताभंग भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।