२०८३ आश्विन २१ बुधबार
२०८३ आश्विन २१ बुधबार

दार्चुला तुइन प्रकरणः न्यायको खोजीमा प्रशासन धाउदैँ राजन्ती

डडेल्धुरा ः दार्चुलामा गत साउन १५ गते महाकाली नदीको मालघाटस्थित तुइनबाट खसेर जयसिंह धामी वेपत्ता भएको घटना अझै सेलाएको छैन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान ग(यो, तर दोषी माथि कारवाही अझै भएन ।

यसबीच महाकालीमा धेरै पानी बगिसक्यो तर धामीकी पत्नीको पीडा कम भएको छैन् । उनी न्यायको खोजीमा प्रशासन धाइरहेकी छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा खुस्काएर धामीलाई महाकालीमा खसालेको प्रत्यक्षदर्शी कल्याण धामीलगायतले बयान दिएका थिए । तर, अहिलेसम्म सत्यतथ्य बाहिर नल्याएको भन्दै धामीकी पत्नी राजन्ती बुधवार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगेकी छन् ।

‘सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको दायरामा ल्याउनुप(यो,’ उनले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई भनिन् ।

सरकारले आफ्ना नागरिक तुइनबाट खसेर मृत्यु हुँदा समेत आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै अहिले पनि घटनाको आलोचना जारी छ ।

न्यायको पर्खाइमा परिवार
जयसिंह धामीको परिवार अहिले पनि न्यायको पर्खाइमा रहेको छ । घरमा वृद्ध आमाबुवा, श्रीमती र दुई नाबालग छोराछोरी छन् । दुई सन्तानलाई बुवालाई के भयो भन्नेसमेत पत्तो छैन् । छोरी डेढ वर्षकी मात्र भइन् । ५ वर्षीय छोरालाई भने, आफू विदेश जाने र टन्न मिठाइ र खेल्ने कुरा ल्याइदिने बताएर हिँडेका थिए जयसिंह ।

‘छोराछोरीको लालनपालन र शिक्षाको व्यवस्था गरिदिने आश्वासन स्थानीय सरकारले गरेको थियो,’ पत्नी राजन्ती भन्छिन, ‘मलाई पनि रोजगारी लगाइदिने प्रलोभन दिइयो, तर ती कुनै कुरा व्यवहारमा लागू नहुँदा पीडा झनै बढेको छ ।’

उनी घटनाको सत्यतथ्य पत्ता लगाएर जसको गल्ती हो उसलाई सजाय दिइयोस् भन्छिन । ‘न्यायका लागि कतिन्जेल पर्खनु पर्ने हो रु’ बुधवार प्रशासनमा उनले भनिन् ।

आफूहरूले आर्थिक क्षतिपूर्ति स्वरूप सुरुवातमा सरकारबाट १० लाख रुपैया पाएको र त्यो रिन तिर्दैमा सक्किएको राजन्तीले बताइन । स्थानीय सरकारहरुले पनि सहयोगको घोषणा गरेको तर हालसम्म केही नगरेको उनको गुनासो छ । ‘त्योभन्दा महत्वपूर्ण न्याय हो,’ उनले भनिन्, ‘मलाई न्याय चाहियो ।’

व्याँस गाउँपालिकाले २५ हजार रुपैया सहयोग गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायले बुधवार पनि उनलाई आश्वासन दिए, ‘स्थानीय सरकारलाई भनेर कतै करारमा राखिदिउँला ।’जयसिंह धामी नेपाली सेनामा भर्ती भएका थिए ।

सेनाको जागिरबाट आउने तलबले घर चलाउन धौधौ परेपछि उनले विदेश जाने निधो गरे । दुबई गए, दुई वर्ष दुई महिना बसेर २०७६ को सुरुतिर नेपाल फर्किए । यहाँ पनि केही समय काम गरेका उनी त्यसले घरधन्दा चलाउन धौ भएपछि बिदेश जानका लागि घरबाट हिडेका थिए ।

विदेश जान भनेर हिँडेका जयसिंह कहाँ पुगे पत्तो छैन । उनी फर्कने, नफर्कने टुंगो नभए पनि न्याय चाहिँ पाउनु पर्ने पत्नी राजन्ती बताउछिन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।