कपिल देब भट्ट(दार्चुला) — लगातारको वर्षाले दाचुर्लाको निजाङ्ग खोलामा गएराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु,घरहरु बगाएको छ स्काइभेटर च्यापिएको छ भने एक स्थानियको ७ ओटा खच्चर बगाइको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका वडा नम्बर ३ को सिमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका ११ घर बगाएको २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारि धुर्व बिष्टले जानकारी दिनुभएको छ।



हालसम्म ४० घरधुरिका नागरिकलाई सुरक्षीत ठाउमा सारिएको छ।साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।
यसै बिच लगातार भइरहेको वर्षाले महाकाली नदिमा पानीको बहाव बढेर भारत तर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुवानमा परेको छ ।महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले नदि किनारमा नजान टतिय क्षेत्रका नागरिकलाई एक सुचना जारी गरी आग्रह समेत गरेको छ । साथै बिहानै देखि जिल्ला प्रहरी कार्यालय दार्चुलाले नदि क्षेत्रका नागरिकहरुलाइ सतर्क रहन माइकिङ कार्य समेत गरिरहेको छ।खोला पारी जान सकिने अवस्था नभएकाले तुइनको ब्यबस्था गरिन लागिएको जिल्ला प्रमुख अधिकारी सिद्द राज जोशिले जनाउनु भएको छ।बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न अहिले त्यहा जिल्ला प्रमुख अधिकारी सिद्ध राज जोशि, सुरक्षा निकायका प्रमुख,महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट ,सुरक्षाकर्मी घटना स्थलमा पुगेको छन।

























