२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

चीनबाट आएको जहाजले ओभरसुट गर्‍यो, एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मार्‍यो

काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ ।विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् ।
मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको थियो ।

मौसम खराबीका कारण विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले सो जहाजले ओभरसुट गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

‘भिजिबिलिटी कम भयो भने, हावाको वेग बढी भयो भने, रनवेमा केही चिज देखियो भने पाइलटले अवतरणको जोखिम लिंदैन र ओभरसुट गर्छ,’ ती अधिकारीले भने, ‘आज भने भिजिबिलिटी कम भएकाले ओभरसुट गर्नुपरेको हो ।’
काठमाडौं उपत्यकाका आकाशमा बिहान हुस्सु लागेको थियो । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको थियो । मनसुनी वायुको प्रभावका कारण देशभर बदली र वर्षाको अवस्था छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।