नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका नेता शेरवहादुर देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् ।



पत्रकारसँग शनिवारको अन्तरक्रियामा बोल्दै देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने बताए ।
उनले भने, अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनुपर्यो नि । राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमत सहित दावी गर्यौ । राष्ट्रपतिलाइ समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । को कता छ भनेर सोधेको भए हुने । तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाको छ नि, पार्लियामेन्टमा परेड गरायको भए नि हुन्थ्यो ।
अर्को प्रसंगमा देउवाले माधव नेपालको प्रशंसा गर्दै उनीमाथि धोका नहुने डाडस दिए । नेपाललाई अोली पक्षबाट प्रधानमन्त्रीको अफर आएको सन्दर्भमा उनले माधव नेपाल लडाकु मित्र भएको बताए । उनले भने, माधवजी लडाकु मित्र हो । उहालाई पनि कुनै धोका हुदैन । उहाकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ ।


















