२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कृष्णपुरका मेयर हमालले कर्मचारीलाई कार्यालयबाट अपशब्द प्रयोग गर्दै लखेटे

कञ्चनपुर,१२ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले कर्मचारीलाई कार्यालयबाट अपशब्द प्रयोग गर्दै लखेटेका छन् ।  

कृषि विकास निर्देशनालय दिपायलको अनुदान मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत किसानसँग सम्झौता गर्न गएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिंह लगायतको टोलीलाई मेयर हमालले अपशब्द  प्रयोग गर्दै कार्यालयबाट आज बिहान लखेटेका हुन् ।

‘कृषि निर्देशनालय अन्र्तगतको मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत मलाई काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको हो’, सिंहले भने, ‘कार्यालय भित्र कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेको बेला मेयर साप आएर चोर भन्दै गाली गर्दै बाहिर पठाए ।’

शनिबार काम गर्न नपाउने भन्दै मेयर हमालले आफुहरुलाई लखेटेको प्राविधिक सहायक जनक बहादुर सिंहले बताए ।नगरपालिकालाई कार्यक्रमका बारेमा दश दिन पहिले नै कार्यक्रमको बारेमा जानकारी दिइसकेको  र नगरपालिकाको कृषि शाखाको बाहिर सूचना समेत टाँस गरेको उनले बताए ।

मेयर हमालले काम गर्न नदिएपछि नदिएपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर फर्किएको जानकारी दिए । निर्देशनालयले कृष्णपुरका १५ जना किसानलाई  मेसिनरी औजार वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।