२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

असार २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने

कठमाडौँ,११ असार । सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेष्ठ नागरिकलाई असार २२ गतेदेखि दिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

जेष्ठ नागरिकलाई जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो । डा. शर्माका अनुसार भेरोसेलको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन छुटेका नागरिकलाई पनि दोस्रो डोज दिइने छ ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्रा ९बुस्टर डोज० खोप लगाइने तय भएको हो ।

अघिल्ला खोप अभियानमा भेरोसेल खोपको ‘बुस्टर डोज’ अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन् । ‘यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहका व्यक्तिले दोस्रो मात्रा खोप लाउन पाउनेछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।