२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सुदूरपश्चिमका  सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले राजीनामा दिए

सुदूरपश्चिम- सुदूरपश्चिमका  सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले राजीनामा दिएका छन् । यस्तै पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिने एमाले स्रोतले बताएको छ ।

मन्त्री हुने लाइनमा पूर्णा जोशी, अर्चना गहतराज, चुनकुमारी चौधरी, दीर्घ सोडारी, लालबहादुर खड्काको नाम चर्चामा छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सरकारमा भएका केही मन्त्रीले राजीनामा दिने र नयाँ नियुक्त गर्ने तयारी छ ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको छ । यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गर्न लागेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।