२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सुदूरपश्चिममा आज मात्रै ८९३जना संक्रमित निको

धनगढी- सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३ जनाको मृत्यु भएको छ। कैलालीका २ जना र कञ्चनपुरका १ जना गरी ३ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८९३ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा १ हजार ४७ नमुना पीसीआर तथा ३ वटा सीमानाकामा ५५४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५९ जनाको नमूना परीक्षण गर्दा १८८ जना, महाकाली अस्पतालमा ४३ नमूना परीक्षण गर्दा २० जना, डडेल्धुरा अस्पतालमा १९६ नमूना परीक्षण गर्दा ५५ जना, जिल्ला अस्पताल बैतडीमा ९६ नमूना परीक्षण गर्दा १८ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५३ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २० हजार ८४७ नमूना परीक्षण गर्दा ३८ हजार १८१ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २१ हजार ८०६ जनाले कोरोना जितेका छन् भने, ४८० जनाको मृत्यु भएको छ। त्यस्तै प्रदेशभर पछिल्लो २४ घण्टामा ८९३ जना संक्रमित निको भएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।