२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

सुदूरपश्चिमका तिन मन्त्रीले दिए स्पष्टीकरण

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी उद्योग बन तथा बतावरण मन्त्री माया भट्टले स्पष्टीकरणको जवाफ बुझाएकी छिन् । मन्त्री भट्टले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाएकी हुन् ।

मन्त्री भट्टले कोरोना भाइरसको महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको बताएकी छन् ।  

उनले  आफुले गरेको निर्णय नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभादलको बिधान सम्मत रहेको बताएकी छिन् ।  

No description available.

No description available.

No description available.

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह

 प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले स्पष्टीकरणको जवाफ दिएका छन् ।  मन्त्री शाहले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।  

मन्त्री शाहले  कोरोना भाइरसको महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको बताएका छन् ।  

उनले  आफुले गरेको निर्णय नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभादलको बिधान सम्मत रहेको बताएका छन् ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्पष्टीकरणको जवाफ बुझाएका छन् । मन्त्री सुवेदीले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाएका हुन् । मन्त्री सुवेदीले स्पष्टीकरण पत्रको आधिकारिकतामै प्रश्न उठाएका छन् ।

‘नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधान र निर्वाचित केन्द्रिय कमिटीको निर्णय बमोजिम सुदूरपश्चिम प्रदेश संगठन कमिटीमा अध्यक्ष र सचिवको व्यवस्था नरहेको विदितै छ । हुँदै नभएको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र सचिवको नाममा प्रेषित पत्रको आधिकारितामा नै प्रश्न चिन्ह लाग्ने कुरा स्पष्ट छ,’ स्पष्टीकरणको जवाफमा मन्त्री सुवेदीले भनेका छन् ।

उनले कोरोना भाइरसको महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको पनि बताएका छन् । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै सुवेदीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

मन्त्री शाह र भट्टले पनि आजै स्पष्टीकरण बुझाउने तयारी गरेका छन् । सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा मन्त्री रहेका एमालेका शाह, सुवेदी र भट्ट माधव नेपाल समूहका हुन् । उनीहरुलाई सरकारबाट फिर्ता बोलाउन स्थायी कमिटीले निर्णय गरेको थियो भने सोही निर्णयलाई टेक्दै प्रदेश कमिटीले निर्देशन दिएको थियो । तर एमाले सुदूरपश्चिमको संसदीय दलले स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशनविपरित माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन यथावत राख्ने निर्णय गरेको थियो ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।