२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

वेदकोट नगरपालिकाले कोभिड अस्पताल सञ्चालन

कञ्चनपुर- वेदकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीको उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । चिकित्सक सहित स्वास्थ्यकर्मी व्यवस्थापन गरी सामादैजीमा अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पताल सञ्चालन अघि नगरपालिकाका दुई कर्मचारीले ज्यान गुमाई सकेका छन् । दुई दिन अघि मात्रै नगरपालिकाको स्वास्थ्य शाखाकी अनमी सरस्वती कार्कीले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिइन् ।

यस अघि गर्न शिक्षा अधिकृत शंकरदत्त भट्टले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए । कोरोनाबाट कर्मचारीले ज्यान गुमाउन थालेपछि नगरपालिका संक्रमणको उच्च जोखिममा भएको आशंका गरिएका छन् ।

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा नगरपालिका कर्मचारीले ज्यान गुमाएका हुन् । पहिलो चरणको महामारी फैलिएपछि बेदकोटमा सबैभन्दा पहिला संक्रमण देखिएको थियो ।

नगरपालिकाले गत वर्ष अस्पताल बनाउने घोषणा गरेको थियो । नगरपालिकाले दोस्रो चरणको महामारी फैलिएपछि अस्पताल सञ्चालनमा ल्याएको हो ।

बेदकोटका मेयर अशोक कुमार चन्दले अस्पताल उद्घाटन गरेका छन् । उद्घाटनमा नगर उप प्रमुख सुशिला सिह सहित वडा अध्यक्ष, सदस्य, कर्मचारी सहभागी भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।