२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

कञ्चनपुरमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने

कञ्चनपुर – कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय एवं सामुदायिक सङ्घसंस्थाले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ कार्यालय र परिसरको सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।

जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदास्थलको सरसफाइ सहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने कार्य गरिने छ । सरकारी तथा सार्वजनिक निकायका कार्यालय सार्वजनिक महत्वका सम्भाव्यस्थलमा दीप प्रज्ज्वलन तथा जिल्लावासी आमनागरिकले घरघरमा साँझ दीपावली गरिने छ ।

गणतन्त्र दिवसका सन्दर्भमा सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाले भर्चुअल विद्युतीय माध्यमबाट रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरिएको छ । कार्यक्रम गर्दा जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरिने बताइएको छ ।

रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।