कैलाली – धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन् । बसपार्कको प्रतिक्षालयमा अन्दाजी २७÷२८ वर्षको जस्तो देखिने ति पुरुष सुतेको अवस्थामा मृत फेला परेका हुन् ।



उनको पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी टोली खटीएको छ ।
Views: 152

























