डडेल्धुरा – कोरोना कहरमा गन्यापधुरा गाउपालिकाका युवाहरु सामाजिक कार्यमा अग्रसरतामा दिएका छन् । कोरोना भाइरसको संक्रमण बढेसङ्गै सरकार लगाएको निषेधाज्ञाले समस्यामा परेका दिर्घरोगीको घरमै पुगेर युवाहरु औषधि बितरण गर्न थालेका छन् ।



सिर्जनशिल बहुउद्देश्यीय युवा स्वरोजगार कृषक बचत तथा ऋण सहकारी र सिर्जनशील युवा क्लब गणेशपुरको सहकार्यमा गन्यापधुरा २ का रमेश मालीले बुबा जित मालीको ९० औं पुण्यतिथीमा गाउपालिका ५ वटै वडामा दीर्घरोगीलाई निस्शुल्क औषधि अभियान थालेका हुन् ।
दोस्रो चरणको कोरोना कहरमा दीर्घरोगीलाई औषधि सहज रुपमा पाउन मुस्किल भएपछि जीवन बचाउ,मानवता बचाउ अभियान अन्तर्गत आफुले बुबाको ९० औं पुण्यतिथिमा गाउपालिकामा दीर्घरोगिलाई निस्शुल्क औषधि बितरण अभियान थालेको रमेश मालीले बताए । अभियानलाई एकल रुपमा लैजानु भन्दा युवा क्लबको सहयोगमा अभियान प्रभावकारिता हुने सोचले सहकारी र युवा क्लबको सहकार्यमा अभियान अघि बढाएको उनले बताए । सोहि अभियानमा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पठाएको स्वास्थ्य सुरक्षा सामाग्री पनि घरघरमा बितरण गर्न थालेको उनले बताए । यस्तै अभियानलाई सुदूरपश्चिम प्रदेश सासंद कर्ण मल्लले बुबाको पुण्यतिथिमा २१ हजार एक सय र रोहित रावलले ५ हजार ७ सय बीस रुपैया आर्थिक सहयोग गरेको मालीले बताए ।
घरमै पुगेर मुटुरोगी,प्रेसर,सुगर,दम,मृगिरोगी लगायतका बिरामी निस्शुल्क औषधि बितरण गर्दा दिर्घरोगीका बिरामीले खुसी ब्यक्त गरेको उनले बताए ।
दीर्घरोगिलाई निस्शुल्क औषधि बितरण अभियान सकिय लगतै गाउपालिकामा रहेका एकल महिला,अशक्त,अपांग र अति गरिवका परिवारलाई युवाहरुको पहलमा खाध्यान्न सहयोग अभियान थालनी गर्ने मालीले बताए ।

























