२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

स्रोत नखुलेको ५४ लाखसहित दुई पक्राउ

वीरगञ्ज – वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको उक्त रकमसहित बारा प्रसौनीका २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुरका १९ वर्षीय प्रकाश जैसवाल वीरगञ्जबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा बिहीबार बिहान २४ लाख रुपैयाँसहित जैसवाललाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

पक्राउ परेका अर्का व्यक्ति गुप्ताको डेरामा खानतलासी गर्दा २९ लाख ८० हजार रुपैयाँ बरामद भएको उनले बताए । पक्राउ परेका उनीहरुले हुण्डी कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले निगरानीमा राखी पक्राउ पनि खनालले जनाए ।

स्रोत नखुलेको रकम सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।