बाजुराकी छाया जो १० महिनामा लोकसेवाको ६ लिखित परिक्षामा सफल

बाजुरा– जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन्, छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा पनि । उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन् ।

यसरी एकपछि अर्को सफलता मिल्ने कुरा उनले सोचेकी पनि थिइनन् । पढाइ राम्रै थियो । मेहनत त्यो भन्दा बढी नै गर्थीन् । तर जहाँ परीक्षा दियो, त्यहीँ पास हुन्छु भन्ने लागेकै थिएन्, स्वयम जैशीले बताउँछिन् । संघर्षको फल मिलेकोमा भने उनी सन्तुष्ट छन् ।

२०८० को बैशाख देखि माघसम्म ६ वटा लिखित परीक्षामा सफल भइन् । ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसकिन् । हाल कोशी प्रदेश उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छन् ।

बाँकी ४ वटाको मौखिक परीक्षाफल आउन बाँकी नै छ । तर उत्र्तिण हुनेमा छाया ढुक्क छन् । रातदिन नभनि तयारी गरे, आँखाको पानी सुकाए, निद्रा, भोक र प्यास हराएर किताब मात्रै धोके त्यसको प्रतिफल राम्रै आयो खुसीसाथ छायाले भनिन् । दिएका सबै ठाउँमा पास नै हुन्छु भन्ने चाहिँ लागेकै थिएन्, मेहनत गर्दा सफलता मिल्ने रहेन्, रिजल्ट आएपछि थाह पाउँ, उनले थपिन् ।

अति विपन्न परिवार । ज्याला मजदुरी र खेती किसानी बाहेक अर्को विकल्प थिएन्, छायाको परिवारलाई हातमुख जोड्न । बुबा आमाले साँझ विहान खेतबारीमा काम गथ्र्ये । दिनमा बुबा महानन्द्र जैशीले ज्यालामजदुरी गरेर कमाइले सन्तानको पढाइ खर्च र लत्ताकपडाकाृ जोहो गर्नु पर्ने बाध्यता थियो ।

छाया जुन विद्यालयमा पढिन् । त्यही विद्यालयको शुल्क तिर्नका लागि पनि बुबा महानन्द्र जैशीले भवन निर्माणको काम गरे वापतको रकमबाट तिरेको वास्तविकता परिवारसँग छ । बुढीगंगा नगरपालिका ६ माल्ताकी छाया, कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढेकी हुन् ।

२०७२ सालमा विद्यालयमा कृषि प्राविधिक कक्षा सुरु भयो । छायाका बुबाले जिद्दीले कृषि प्राविधिक शिक्षा नै पढ्न लगाए । विद्यालयको थोरै शुल्क तिर्न पनि परिवारसँग आर्थिक थिएन्, भानुदय माविकै भवन निर्माणको काम गरेर तिर्नु परेको दुख छायाले सुनाउने गरेकी छन् ।

परिवारले विपन्नताको संकट मात्रै भोग्नु परेन्, ७ जना दिदीभाइको ठूलो भारी समेत आमाबुबाकै काँधमा थियो । छाया ७ दिदी भाइ मध्ये चौथो सन्तान हुन् । गाउँ नजिकैको विद्यालय बाहेक बाहिर लगानी लगाएर पढाउन सक्ने आर्थिक हैसियत नै थिएन्, जैशीको परिवारसँग ।

तर सानै देखिको सरकारी जागिर खाने सपना भने छायाले पुरा गरेकी छन् । त्यो पनि इतिहासिक रेकर्ड नै कायम गरेर । एकै वर्ष ५ पटक लोकसेवा परीक्षा सफल भएकी भनेर गुल्मीकी मनिषा जिसीको नाम चर्चामा आइरहँदा छायाले ६ परीक्षा पास गरेकी छन् । लोकसेवा पास गर्न शहर नै जानु पर्छ, भन्ने मान्यतालाई नै छायाले चुनौति दिएकी छन् ।

भेटेनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाले लोकसेवा आयोजको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन् । गएको बैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकालेपनि मौखिमपछि नाम वैकल्पीकमा मात्रै निस्कीयो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते रिजल्ट आएर सिफारिस भइन् ।

त्यसपछि पनि पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छन् । चार परीक्षाको मौखिक परीक्षाफल प्रकाशित हुन बाँकी छ । छाया सबैमा सफलता मिल्नेमा ढुक्छ ।

भानुदय मावि बाजुराकै नमुना र पुरानो विद्यालय हो । कृषि प्राविधिक शिक्षालय तर्फका पनि भानुदयमै अध्ययन गरेका दर्जन बढीले लोकसेवामा नाम निकालिसकेका छन् । छायाको सफलताले सिंगो विद्यालय परिवार खुसी भएको प्राचार्य मनवीर खातीले बताए ।

छायाको सफलतामा परिवारले मात्रै खुसी मनाएको छैन्, विद्यालय, समुदाय पनि खुसी र गर्वले गदगद बनेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानीयाँले बताएका छन् । विपन्न परिवारबाटै आफूले आर्जन गरेको शिक्षाबाट प्राप्त सफलता हालसम्मकै गर्व गर्न लायक भएकोमा आफन्त सहीत सरोकारला पनि खुसी छन् ।

सफलता संघर्षले प्राप्त हुन्छ । गाउँमै बसेर पनि सफल हुन सकिन्छ भन्ने कुराको छायाले प्रमाणित गरेपछि आफन्त, विद्यालय र समुदाय स्तरमा पनि बहस सुरु भएको छ । छाया भने अरुलाई देखाउन नभई आफ्नो सपना पुरा गर्न मिलेको सफलताले खुसी छन् ।

भागेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समपन्न उपाधि सरस्वति नमुना मावि. बोगटा लाई(फोटो कथा)

डडेल्धुरा(डिआर भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकोछ । पालिकाका ८ विद्यालयको सहभागिता रहेको थियो । पालिकाको आईतवार एक औपचारिक कार्यक्रमका बीच उद्धघाटन भएको थियो । तीन दिनसम्म चलेको प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा भागेश्वर गाउँपालिका ३ मा रहेको सरस्वती नमुना मावि. बोगटाले स्वर्ण ९, रजत १३ र कास्य २ सहित जम्मा २४ पदक सहित प्रथम यस्तै सरस्वती मावि. लाकम बगरकोटले स्वर्ण ९,रजत ६ र कास्य ९ सहित जम्मा २४ पदक सहित द्धतीय भएको थियो । यस्तै तृतीय भएको असिग्राम मावि. रुपाल तृतीय , कैलपाल मावि. पत्रम चौथौ, गोविन्द पुरि मावि. लामिकाण्डे,कैलपाल मावि. पनिउट, शिवशंकर मावि. रुपालिगाड, सारदा मावि. सिराड क्रमश रहेको थिए ।
हरौ फोटो कथाः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

सिकाइ केन्द्र बन्दै डडेल्धुराका व्यवसायिक कृषि फर्महरु

गणेश बहादुर मगर- व्यवसायिक रुपमा खेतीपाती गरी आम्दानी बढाउने उद्देश्यले खोलिएको डडेल्धुराका केही व्यवसायिक कृषि फर्महरू पछिल्लो दिन सिकाइ केन्द्रको रुपमा विकास हुन थालेका छन् ।
कुनै बेला डडेल्धुराको आलिताल क्षेत्रमा उत्पादन भएको मुलाको बिउ बंगलादेश सम्म निर्यात भएको समाचारले कृषिकर्ममा लागेका हरू लाई निकै उत्साहित मात्र बनाएन बिस्तारै तरकारी उत्पादनमा लाग्न उत्प्रेरणा पनि दिएको थियो र त्यो समय पछि डडेल्धुरामा कृषि त्यो माथि पनि तरकारी खेती गर्नेहरू बढेका हुन भन्दा फरक नपर्ला ।
कृषि गणना २०६८ अनुसार डडेल्धुरामा कृषि तथा पशुपालन गर्ने परिवारको संख्या २४७९७ रहेको तथ्यांकले देखाउदछ भने कृषि गणना २०७८ अनुसार कृषि तथा पशुपालन गर्ने परिवारको संख्या २६९९४ रहेको छ । तुलनात्मक रुपमा हेर्दा १० वर्षको अन्तरालमा कृषि तथा पशुपालन गर्नेहरूको परिवारको संख्या २१९७ ले बढेको देखिन्छ तर कृषि तथा पशुपालनमा लागेका परिवार मध्ये २४।२४ प्रतिशत लाई मात्र आफ्नो उत्पादनले वर्ष भरी खान पुग्ने तथ्यांकले अधिकांश किसानहरू तरकारी खेती तर्फ आकर्षित भएको अनुमान लगाउन सकिन्छ ।
आर्थिक वर्ष ०७८।७९ मा डडेल्धुरामा मात्र १०९० हेक्टरमा आलुखेती गरि २० हजार नौ सय २८ मेट्रिक टन उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्र, डडेल्धुरा सँग रहेको छ भने पछिल्लो आर्थिक वर्ष ११७० हेक्टरमा आलुखेती गरिएकोले उत्पादन गत आर्थिक वर्षको तुलनामा राम्रो हुने अपेक्षा गरिएको छ ।
बाँझो जमिनको उपयोग र स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ भन्ने सोचका साथ २०७५ सालमा डडेल्धुराको गन्यापधुरा गाउपालिका वडा नं। १ लकतडामा करिव १०० रोपनी बाँझो जमिन भाडामा लिई भागेश्वर कृषि तथा पशुपालन फर्मको सुरु भएको हो ।
शिक्षित बेरोजगारहरू बढी रहेको र अधिकांश युवाहरू कामको खोजीमा विदेशिन लागेको देखेर स्वदेशमै केही गर्न सकिन्छ भनेर स्नातक सम्म अध्ययन गरेको युवा प्रसाद दत्त अवस्थीले भारत बाट आयात हुने तरकारी लाई रोक्नु पर्छ भन्दै अर्गानिक तरकारी खेती सुरु गरेका हुन ।
डडेल्धुरा सदरमुकाम नजिकै रहेको भातकाँडा बजार बाट करिव ७ किलो मिटरको दूरीमा रहेको उनको फर्ममा नियमित रुपमा १५ जना र सिजनल रुपमा ४० देखी ५० जनाले रोजगारी पाइरहेको देख्न सकिन्छ ।
कृषि फर्ममा गत वर्ष १३ जना विद्यार्थीहरूले ६ महिना प्रयोगात्मक तालिम लिएका थिए भने यो वर्ष १९ जना विद्यार्थीहरू फर्ममा सिकिरहेका छन् ।
यस वर्षका १९ जना वाली विज्ञानका विद्यार्थीहरू मध्ये बझाङ जिल्लाको देवेश्वरी माध्यमिक विद्यालयका ४ जना विद्यार्थीहरू ६ महिने ओजेटी सकेर भर्खर मात्र विद्यालय गए भने डोटी जिल्लाको के।आई।सिँह गाउँपालिकाको झिमे मालिका माध्यमिक विद्यालयका १५ जना विद्यार्थीहरू फर्ममा व्यवसायिक कृषि सिकिरहेका छन् ।
फर्ममा सिक्न आउने विद्यार्थीहरू लाई फर्मको तर्फ बाट गाँस वासको सुविधा निशुल्क उपलब्ध गराइन्छ । बिहान बेलुकी नै कृषि कर्ममा रमाउन पाउने हुँदा सिक्दा सिक्दै समय बितेको पत्तै नहुने बताउँदै फर्ममा कृषि सिक्दै गरेकी डोटी के।आई। सिँह गाउँपालिकाकी वाली विज्ञान कि छात्रा दिपा विकले बताइन ।

विद्यार्थीहरू मात्र होइन गत वर्ष मात्र डडेल्धुरा भन्दा बाहिरी जिल्लाका ७ वटा समुहले फर्मको अवलोकन भ्रमण गरेको तथा डडेल्धुराका थुप्रै समुह तथा व्यक्तिहरू ले आफ्नो फर्म भ्रमण गरेको फर्म सञ्चालक अवस्थी बताउँछन ।

कसरी हुन्छ मलको जोहो ?
भागेश्वर कृषि तथा पशुपालन फर्ममा उत्पादन भएको तरकारीहरू सुदूरपश्चिमका प्राय स् सबै जिल्लाहरूमा पुग्ने गर्दछ । व्यवसायिक कृषिमा लाग्नु भन्दा पहिलेनै आफ्नो फर्ममा अर्गानिक तरकारी उत्पादन गर्ने संकल्प गरेका फर्म संञ्चालक प्रसाद दत्त अवस्थीको मलको जोहो पनि चाख लाग्दो छ ।
गड्यौला मल ः फर्मको एक कुनामा गड्यौला मल उत्पादन प्लान्ट निर्माण गरिएको छ ।गड्यौला मल जैविक तरिकाले उत्पादन गरिने मल हो , जुन केही विशेष प्रकारका गड्यौला हरू प्रयोग गरि उत्पादन गर्ने गरिन्छ । फर्ममा रहेको ८ वटा च्याम्बर बाट प्रत्येक ६ महिनामा १६ क्विन्टल गड्यौला मल उत्पादन हुने गर्दछ जुन मल लाई फर्मले अर्गानिक तरकारी उत्पादनको लागी प्रयोग गर्ने गर्दछ । फर्मले प्रतिकिलो ८०० रुपैयाँका दरले गड्यौला पनि बेच्ने गर्दछ र यो वर्ष मात्र १५० किलो बिक्री गरेको फर्मको तथ्यांक ले बताउदछ ।

कुखुराको मल:

फर्मको प्रवेशद्वारमै स्थानीय तथा विकासे जातका कुखुराको खोर रहेको छ । त्यो कुखुराको खोरमा जम्मा भएका मल फर्मको लागी मलको अर्को मुख्य श्रोत हो । एक लटमा ५०० वटा विकासे कुखुरा तथा १०० वटा स्थानीय कुखुरा हालिन्छ । कुखुरा बिक्री बाट कुखुरा हुर्काउन लागेको लागत मात्र फर्किए पनि त्यस वाट उत्पादन हुने मल लाई नाफाको रुपमा लिएर अर्गानिक तरकारी खेतीको लागी प्रयोग गर्ने गरिन्छ ।
माछापोखरी ः फर्मको सबै भन्दा तल्लो छेउमा ३ वटा स साना माछा पोखरी निर्माण गरिएका छन जहाँ ५००० माछाका भुराहरू छाडिएका छन् । माछापोखरीमा हुर्केका माछा बेचेर मात्र फर्मले केवल आर्थिक रुपमा मात्र फाइदा लिदैनन् माछाको भुराहरू लाई दिइएको चारो हरू पोखरीको पिँधमा थिग्रिने र पछि माछा हटाउँदा उक्त चारो थिग्रिएको माटो लाई पनि मलको रुपमा प्रयोग गर्न सकिने फर्म सञ्चालक प्रसाद दत्त अवस्थीले बताए । वर्षमा ३ वटा माछा पोखरी बाट ४० कट्ठाका दरले १२० कट्ठा मल निकाल्ने गरेको फर्म सञ्चालक ले बताए ।

गाई भैसी र बाख्रा को गोठ:

फर्मको छेउमा रहेको गाईभैंसी गोठ रहेको छ भने छेउकै सानो कटेरोमा बाख्राहरू पालिएका छन । गाईभैँसीको दूध फर्ममा नै प्रयोग गर्ने गरिन्छ भने खसीबोका हरू बाहिरि बजारमा बिक्री गरिन्छ । खसिबोका र गाई भैँसी हरू संख्यात्मक रुपमा धेरै त छैनन् तर फर्मको लागी प्रशस्त मल दिइरहेको छ ।
यसरी विभिन्न प्रकारका जैविक मल हरुको व्यवस्था आफैँले आफ्नो फार्ममा गर्दा बाहिरबाट रासायनिक मलको प्रयोग गर्न नपरेको फार्मका संचालक बचाउँदछन् । यसले गर्दा माटोको गुणस्तर बढ्नुका साथै खेतीबारीमा तरकारी तथा अन्य बालीहरूको उत्पादनमा पनि वृद्धि भएको छ । जलवायु परिवर्तनबाट निम्तिने विभिन्न समस्यामा रहेको प्रमुख कारण मध्ये रोगकीरा नियन्त्रण गर्नका लागि पनि यस्ता जैविक मलले धेरै सहयोग गर्दछन् । त्यसकारण उत्पादनमा वृद्धि ल्याई आम्दानीमा पनि सहयोग गर्न सक्ने हिसाबले जैविक मलको प्रयोग गर्न अति आवश्यक छ ।

सफलता भन्दा पनि सन्तुष्टि मिलेको छ:
फर्म सञ्चालक को लागी फर्म सञ्चालन त्यति सहज देखिदैन पछिल्लो समयको जलवायुजन्य असरहरू जस्तै खडेरी तथा अ कल्पनीय वर्षाले खेतीपातीमा असर पारिरहेको देख्न सकिन्छ । २०७५ मा सुरु भएको कृषि तथा पशुपालन फर्म राम्रो संग फस्टाईरहेको बेला अचानक २०७८ साल असोजको अन्तिम देखी कार्तिक पहिलो हप्ता भएको अ कल्पनीय वर्षाले फर्ममा रहेको भैसी गोठ, बाख्रा गोठ, कुखुरा खोर, हाते ट्रयाक्टर हरु र बिक्रीका लागी तरकारीहरू बगाए पनि आत्मविश्वास टुटेको छैन प्रसाद दत्त अवस्थीको ।
२०७८ मा नोक्सान भएको फर्मको क्षतिपुर्तिका लागी फर्ममा भएको क्षतिको विवरण सहित प्रहरी मुचुल्का स्थानीय सरकार, प्रदेश सरकार का साथै केन्द्र सरकार सम्म पुगेको र क्षतिपुर्तिको आश्वासन दिएको भन्दै क्षतिपुर्ति पाउनेमा आशावादी फर्म सञ्चालक अवस्थी अव चाही आफू फर्म मा रहेको तरकारी तथा पशुपक्षीहरूको बिमा गरि सुरक्षित हुने तर्फ सोचिरहेको बताउँछन ।
विपद पश्चात सरकारले गर्नुपर्ने राहत तथा पुनर्स्थापनका लागी गर्ने काम तथा बैँकहरूको अनियमित ब्याजदर प्रति गुनासो रहेको बताउने प्रसाद दत्त अवस्थी जेनतेन आफ्नो फर्म लाई बिउँताइ रहेकाछन् । विभिन्न विद्यालयमा वाली विज्ञानको सैद्धान्तिक अध्ययन पश्चात प्रयोगात्मक अभ्यासका लागी विभिन्न कार्यालयमा विद्यार्थी जाने भए पनि विद्यार्थीहरूले आशातित रुपमा प्रयोगात्मक अभ्यास गर्न नपाईरहेको आफ्नो कृषि फर्म मा त्यो सुविधा उपलब्ध गराइरहेको बताउँछन् ।

डडेल्धुराका अरु कृषि फर्मको अवस्था के छ:
डडेल्धुराका विभिन्न स्थानीय तहहरूमा पछिल्लो समय विशेष गरेर युवाहरू व्यवसायिक कृषि फर्म दर्ता गरेर कृषिमा लागिरहेको देख्न सकिन्छ । गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल गाउँपालिका लगायत जिल्लाका ७ वटै पालिकामा व्यवसायिक कृषि फर्म हरू सञ्चालन मात्र भएका छैनन् ति व्यवसायिक फर्महरु सिकाइ केन्द्रको रुपमा विकास भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले बताउनु भयो ।

 

सारदा मावि. सिराड शैक्षिक सुधारमा केन्द्रित(हेरौं एक रिर्पोट)

डडेल्धुराः डडेलधुराको भागेश्वर गााउपालिका ५ सिराडमा रहेको सारदा मावि. सिराडले यो बर्ष शैक्षिक गुणस्तमा सुधार गर्ने गरि कार्य गर्दै आउकोछ । विद्यालयले अरितिक्त किृयाकलापहरुमा अघिल्लो बर्ष भन्दा यस बर्षमा बडोततरि गरेको छ । विद्यार्थीहरुको पढाई गुणस्तर सुधार गर्नका लागि शिक्षक, विद्यार्थी, विव्यस र अभिभावकहरुले चासो दिएका छन् । विभिन्न योजना सहित विद्यालयले विद्यार्थीहरुको पढाई गुणस्तर सुधारका लागि योजना अनुरुप काम गरिरहेका छन् ।

विसं २०१४ मा स्थापना विद्यालयले गत बर्ष पालिका भरिको एसइई नतिजा पनि उतकृष्ट ल्याएको विद्यालयका प्रध्यानाध्यापक हरि सिंह भाटले बताएका छ् । भाटका अनुसार ८ कक्षाको परिक्षाको नतिजा पनि गत बर्षको तुलनामा यो बर्ष सुधारोन्मुख आएकोछ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिती, अभिभावक, शिक्षक र विद्यार्थीहरु बिचमा सुमधुर सम्बन्ध रहेकोछ । हामीले होमवर्क डायरि लागु गरेका छौ । हामीले शिक्षक र अभिभावक अन्र्तकिृया गर्ने गरेका छौ । विद्यार्थीहरुको कमीकमजोरी हेरेर उनीहरुको अभिभावक बिचमा राख्ने गरेका छौ जसले गर्दा शैक्षिक गुणस्तमा सहयोग पुगेकोछ ।

यस्तै हामीले योजना अनुरुप नै काम गरेका छौ अभिभावकहरुले थप ध्यान दिने गरेमा शैक्षिक गुणस्तरमा निकै शुधार हुने शिक्षकहरुको रहेकोछ ।
उता व्यवस्थापन समितीले भने उतकृष्ट शिक्षक विद्यार्थीहरु लाई बर्षको अन्तिममा उतकृष्ट बिधामा पुरुस्कार दिने घोषण समेत गरेकोछ जसले गर्दा शिक्षक विद्यार्थीहरुको मनोबल बढेको देख्न सकिन्छ ।

गृहकार्य डायरि, नियमित समयमै विद्यार्थी, शिक्षक हाजीरी जाँच, अभिभावक सँग अन्र्तकिृया कार्यक्रम लगायतका नियमहरु विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रतन सिंह चाडले बताएका छन् । विद्यालयमा शिक्षक र विद्यालय व्यवस्थापन समिती बिचको सम्बन्ध सुमधुर रहेकाले पनि पढाई गुणस्तमा केहि हद सम्म सुधार आएको चाडले बताए । चाडले थपे विदालयमा दरबन्दि अनुसारको शिक्षक नहँदा, विद्यालयको परिधिमा घेरवारको व्यस्था नहुदा केहि सम्सयाहरु खेप्नु परेको दुखेसो गरे ।

पछिल्लो २ आव को तुलना गर्दा यस विद्यालयले शैशिक गुणस्तरमा सुधार ल्याएको देखिन्छ । सारदा मावि सिराडमा भागेश्वर गाँउपालिकाले सुरु गरेको शैक्षिक गुणस्तर बर्ष २०८० ले पनि सहयोग पुगेको छ भने अतिरिक्त कृयाकलापहरुमा लुनिभा बाल सरोकार डडेल्धुराले सहकार्य गरेकोछ ।

हेरौं एक रिर्पोट- 

भागेश्वर ५ का किसानहरुको लोप लाग्दो कृषि (हरौं एक रिर्पोट)

डडेल्धुरा(दिपकराज भट्ट) – डडेल्धुराको भागेश्वर गाँउपालिका तरकारि र फलपलुलका लागि प्रसिद्ध क्षेत्र हो । यँहा बिशेष…

भीमदत्त राजमार्ग चौथो दिन पनि खुलेन, आज खुल्ने संभावना

पहिरो र सडक भासिएका कारण अवरुद्ध भएको धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको बुढीतोला सडक खण्ड चौथौ दिनसम्म…

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा- हिजो राति परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको…

बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल-भारत सीमा स्तम्भ बगायो

धनगढी, २३ साउन । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल-भारत सीमा स्तम्भ बगाएको…

लम्पी रोगका कारण किसानको लाखौको क्षति,प्राङगारिक मलको अभाव देखिने

रोग नियन्त्रणका लागि सकदो प्रयास गरिरहेका छौ , यसमा किसानहरु नै सचेत हुनू जरुरि छ भेटेरिनरी…

डडेल्धुराका प्रसाद अवस्थि जसले डेढ करोड लगानी संञ्चालन गरे कृषि तथा पशुपंक्षि र्फम

            डडेल्धुरालाई तरकारि तथा पशुजन्य उत्पादनमा आत्मानिर्भर बनाउने अभियानमा लागेको छु ः अवस्थि
डडेल्धुरा ( दिपकराज भट्ट) – डडेल्धुरा जिल्ला तकारि र फलफुल उत्पादनमा प्रख्यात जिल्ला हो । सुदुर पहाडका सात पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्लामा थुर्पै सम्भामवनाहरु रहेका छन् ।

No description available.

डडेल्धुराका प्रसाद तरकारि उत्पादकको रुपमा चिनिदै आएका छन् । उनले आफ्नै करिब १ करोड पचास लाख लगानीमा फर्म संञ्चालनमा ल्याएका छन् । उनले गन्यापधुरा गाँउपालिका १ लकतडामा फर्म संञ्चालन गरेको झण्डै ५ बर्ष भयो । उनी दिनहुजसो आफुबस्ने घर बाट ७ किलोमिटर टाढा रहेको र्फममा आफु र उनी जिवन संगनी सँगै जाने गर्छन् ।

No description available.

उनले ८० रोपनी जमिन लकटडामा लिजमा लिएका छन् भने बल्तडी, घोलना र करकरल्लेमा गरि जम्मा २२० रोपनीमा तरकारि र पशुजन्य उत्पादन गर्दै आएका छन् ।
उनको फर्ममा जाने वित्तिकै जो कोहि लाई पनि एउटा विकसित देशका फर्ममा गएको जस्तो अनुभव हुन्छ । फर्ममा उनले तरकारि ( काक्रा,टमाटर, भिण्डी, काउली, बन्दा, सिम्ला, खुसार्नी, आलु, प्याज , टमाटर ) लगाउने गरेका छन् भने पशुजन्य उत्पादनमा कुखुरा फर्म, माछा पालन , गड्यौला मल संञ्चालनमा ल्याएका छन् ।

उनले स्वदेशमै स्वरोजगारि सिर्जना गर्ने लक्ष्यका साथ फर्म सुरु गरेको अवस्थि बताउछन् । फर्ममा बार्षिक रुपमा ९ जनाले रोजगारि पाएका छन् । उनले फर्म संञ्चालनमा ल्याएर रोजगारी मात्र सिर्जना गरेनन् बरु अरु गाँउले लाई पनि व्यवसायिक तरकारि गर्न प्रेरित गरेका छन् ।

 फर्ममा २१ ओटा पलास्टिक टनेल, ३ ओटा माछा पोखरी, एक कुखुरा फर्म, १ भैसि खोर रहेकोछ । गत बर्ष मात्र फर्मले ३२ क्विन्टल रायो उत्पादन, १२ टन आलु, १० टन मुला र १५ टन अन्य तरकारि (खुर्सानी, सिमला, टमाटर आदी) उतपादन गरेको थियो ।
कसरि आयो प्रसादलाई व्यवसायिक कृषि गर्ने सोच —
डडेल्धुरामा सानो तकारि बिकिृ गर्ने पसल स्थापना गठरेका प्सादले गाँउ गाँउ बाट तरकारि संकलन गरि सुदुर पहाडका सात जिल्ला र तराईका दुई जिल्ला कैलाली , कंञ्चनपुरमा बिकिृ गर्ने गरथ्र्ये । उउनले किसानहरु संग आफ्नो रराम्रो सम्बन्ध बनाएका थिए । २०६० साल तिर उनी भागेश्वर ४ डंगरिमा टमारटर खरिद गर्नका लागि त्यहा पुगे उनले किसान बाट त्यो टमाटर प्रति केजी २ रुपैयाका दरले खरिद गरि प्रति केजी ३ रुपैयामा बिकिृ गरेका थिए । उनले यो किसानको पिडालाई देखर अब आफ,्लै फर्म खोलने निधो गरेर फर्मालाई साना साना संरचना निमार्ण गरि संञ्चालनमा ल्याए । उनी बागबजारको व्यापार छाडेर गाँउ (भातकाडा) मा आए । यसरि उनले सानो सानो लगानी गर्दै अहिले डेढ करोड रुपैया फर्ममा लगानी गरिसकेका छन् । उनलाई पछिल्ला केहि बर्ष यता सरकारि संस्थाहरुको सहयोग मिल्दै आएकोछ जसले गर्दा उनको मनोबल बढदै गएकको छ ।
साथीको रुपमा श्र्रीमती लाई पाए –
उनलाई यो फर्म संञ्चालन गर्नका लागि उनकि श्र्रीमतीले ठुलै सहयोग गरिन , सुरुमा आफै र्फममा काम गर्ने ढुवानी गर्ने गरथ्र्ये ।

No description available.

फर्ममा १० जनाले पाए बार्षिक रोजगारि –

अहिले र्फम संञ्चालनमा आएपछि स्थानीय १० जनाले बार्षिक रोजगारि पाएका छन् भने ५० भन्दा बढिले सिजनमा दैनिक ज्यालादारि पाउने गरेका छन् । यसरि गाँउमै रोजगारी पाउदा आफुले बिदेश जानु नपरेको स्थानीय खगेन्द्र नाथले बताए । फर्म संञ्लन हुँदा स्थानीयहरु खुशी भएका छन् ।

कृषि गर्ने लाई प्रेरणाका स्रोत्र –
पछिल्लो समयमा जंगली जनावरहरुको आतंकले गर्दा , भौतिक संरचनामा कमी हुनाले कृषि पेसा गर्नेहरु को स.ख्या घटदो क्रममा रहेका बेला प्रसाद प्रेरणाका स्रोत्र बनेका छन् । उनले फर्म संञ्चालनमा ल्याएको लकतडाका स्थानीयहरु ले पहिला खेतमा धान र गहुँ मात्र लगाउने गथ्र्ये भने अहिले उनै प्रसादको सिको(सिकाई) गरेर आलु र अन्य तरकारि लगाउने गरेका छन् जसबाट स्थानीयहरुले बार्षिक रुपमा १ लाख सम्मको तरकारि बेच्ने गर्छन् ।

विद्यार्थीका लागि सिकाई केन्द्र –
अहिले फर्ममा बार्षिक रुपमा सिकाई (ओजेटि) गर्नेको संख्या २५ देखि ३० जना रहेका छन् । फर्ममा कृषि तथा भेटेरिनरि पढिरहेकाहरुले तालिम लिने गरेका छन् । आफु बझाङ बाट यस र्फममा ६ महिने तालिमका लागि आएको यँहाको सिकाई उपलब्धि निकै राम्रो रहेको विद्यार्थी शुसिला बोहराले बताईन् ।

No description available.

किसानहरु लाई अवस्थिको सन्देश –
र्फम संञ्चालनमा ल्याए प्रसाद अवस्थि आम डडेल्धुराका किसानहरु लाइृ भन्छन हामीले गर्दै आएको परम्परागत खेतीलाई आधुनिकिकरण तर्फ लैजाने हो भने डडेल्धुरा जिल्ला लाई तरकारि तथा पशुजन्य उत्पादनमा आत्मा निर्भर बनाउनु सकिनछ । हरेक किसानहरुले बाझो रहेको जमिनलाई खेतीमय बनाउनु जरुरि छ । मेरो यहि अनुरोध सबैमा छ ।

बिदेशिने युवालाई अनुरोध –
अवस्थि भन्छन हामीले विदेश जाने बेला जति लगानी लाग्छ त्यो लगानी लाई स्वादेशमै लगाउने हो भने बिदेशको भन्दाच राम्रो कमाई हुन्छ । विदेशमा पोख्ने पसिना स्वदैश मै पोखौ आफुलाई स्वारोजगार बनाऔ ।
अविस्थि जिल्लाका उतकृष्ट किसान घोषण मात्र भएनन् उनले प्रदेश उतकृष्ट किसानको सुचीमा समेत यहि कर्मले आफ्नो नाम निकाल्न सफल भए उने जिल्ला उतकृष्ट किसान भएर नगद रु २५ हजार सहित सम्मान पाए भने प्रदेश उतकृष्ट ५ भित्र परेर नगद ७५ हजार नगद सहित समान पाएका छन् ।

अवस्थिले व्यवसायीक खेती गर्ने किसानहरुका लागि स्थानीय सरकार र सम्बन्धित निकायले हौसला बढाउने खालका योजनाहरु ल्याउनु पनेृ , किसानहर लाई विऊ पूजीँको रुपमा लगानी गर्नु समेत आग्रह गरे ।

No description available.

प्रदेश उत्कृष्ट किसानमा डडेल्धुराका प्रसाद र प्रिन्स नगद ७५ हजार सहित सम्मानित – खबरदारी न्युज (khabardarinews.com)