२०८२ चैत्र १० मंगलवार
२०८२ चैत्र १० मंगलवार

बैतडीको पुर्चौडीस्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू

डडेल्धुराः बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ स्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको छ। नगरपालिकाले मङ्गलवारबाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको हो।

विगतमा पनि स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा दिन मेडिकल अधिकृतको नियुक्त गरिएको भएपनि केही समयदेखि चिकित्सक अभावमा सेवा अवरुद्ध भएको थियो। मङ्गलवार नगरपालिकाले डाक्टर स्मृति लामा थिङलाई मेडिकल अधिकृतमा नियुक्त गरेसँगै चिकित्सकीय सेवा सुरू भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए। उनले डाक्टर थिङको नियुक्तिसँगै समान्य चिकित्सा सेवा स्वास्थ्य चौकीबाट प्रदान गर्न सहज हुने बताए।

पुर्चौडीमा चिकित्सक नहुँदा बिरामी हुँदा स्थानीयले उपचार पाउन डडेल्धुरा अस्पताल धाउनुपर्ने समस्या भोग्नु परेको थियो। हाट स्वास्थ्य चौकीमा डाक्टरको नियुक्ति भए पश्चात् समान्य बिरामी हुँदासमेत डडेल्धुरा र धनगढी धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।