२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

६०० भन्दा बढी अभिभावकको सहभागितामा Smart Parenting कार्यक्रम सम्पन्न

काठमाडौं – Jorpati स्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुल को आयोजनामा “Smart Parenting” सम्बन्धी विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८२ साल फाल्गुन ३० गते Peace Banquet, जोरपाटीमा आयोजित कार्यक्रममा करिब ६०० भन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका अभिभावकहरू मात्र नभई अन्य विद्यालय तथा समुदायका अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रसिद्ध काउन्सेलर तथा मोटिभेशनल स्पिकर अशोक दाहाल ले अभिभावकहरूलाई आधुनिक समयअनुसार बालबालिकाको सही मार्गदर्शन, सकारात्मक अभिभावकत्व तथा बाल मनोविज्ञान सम्बन्धी प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभयो।

उहाँले बदलिँदो समय र डिजिटल युगमा अभिभावकको भूमिका अझ महत्वपूर्ण भएको बताउँदै बालबालिकालाई सही संस्कार, अनुशासन र सकारात्मक वातावरण दिन अभिभावकहरू सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो। साथै अभिभावक र विद्यालयबीचको सहकार्यले मात्र विद्यार्थीहरूको समग्र विकास र उज्ज्वल भविष्य निर्माण सम्भव हुने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा बालबालिकाको शिक्षा, मानसिक विकास, अनुशासन तथा डिजिटल युगमा अभिभावकको जिम्मेवारी जस्ता विषयमा समेत विस्तृत छलफल गरिएको थियो। सहभागी अभिभावकहरूले कार्यक्रमलाई निकै उपयोगी, प्रेरणादायी तथा ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका थिए।

विद्यालय व्यवस्थापनले यस्ता कार्यक्रमले अभिभावक, विद्यालय र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक तथा शैक्षिक कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ।

खबरदारी न्यूज

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।