राष्ट्रिय भलिबल खेलाडी रावल सम्मानित

डडेल्धुराः डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर, उपमेयर कप पुरुष,महिला भलिवल तथा क्रिकेट प्रतियोगिताको अवसरमा राष्ट्रिय भलिवल खेलाडी मोहन रावल सम्मानित भएका छन् । नगरपालिकाले सो अवसरमा भलिवल राष्ट्रिय खेलाडी मोहन रावललाई सम्मान गरेको हो ।
रावललले २०६३ सालमा ओपन स्पाइृकर भएर डडेल्धुरा बाट प्रतिनिधितव गरेका थिए । २०६६ सालमा सुदुरपश्चिम टिम बाट प्रतिनिधत्वि गर्दै राट्यि टिममा सहभागि भएका थिए । उनी हाल डडेल्धुरा बहुमुखी क्याम्पसमा कार्यरत छन् ।

अशिग्राम मावि. रुपालको ६९ औ बार्षिक उत्सब सम्पन्न (हेरौं फोटो फिचर सहित)

डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको भोगश्वर—२ मा रहेको अशिग्राम माध्यमिक विद्यालयको ६९ औ बार्षिक उत्सब सोमवार सम्पन्न भएको छ ।
अशिग्राम माविले सास्कृतिक कार्यक्रम विभिनन विधामा विद्यार्थीहरुलाई सम्मान सहित विभिन्न प्रतियोगिता गरि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चर्चित गायक तथा मोडेल रमेश मल्ल र मोडल पुस्पा बोहरा मुख्य आकर्षक रहेका थिए ।
विव्यस अध्यक्ष गोपि भारतीको अध्यक्षतामा रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत रहेका थिए भने संचालन शिक्षक दौलत टमाटाले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र बाहादुर पान्डेले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउपलिका अध्यक्ष हेम राज चटौतले यो विद्यालय भागेस्वोर गाउँपालिकाको मात्र नभएर समग्र डडेल्धुरा जिल्लाको ,सुदुरपस्चिम कै अग्रणी सस्थाका रुपमा उदयमान विद्यालयले शिक्षा क्षेत्र को उज्यालो छर्ने काम गरिरहेको बताएका हुन ।

जब सम्म शिक्षा हुदैन शिक्षा को उज्यालो घाम ले यो समाजलाई उदयमान बनाउदैन तब सम्म हाम्रो जीवन ब्यर्थ हुन्छ उनले बताए ।डडेल्धुरा जिल्लामा शिक्षाको बिकाशमा अग्रणी भुमिका खेल्दै आएको अशिग्राम मावी २०११ सालमा स्थापना भएको हो । विद्यालयले औपचारिक रुपमा २०२१ सालमा कक्षा १ देखि १० सम्मको स्वकिृत पाई २०६४ साल देखि उच्च माध्यमिक तहको स्विकिर्ती प्रदान गरि कक्षा ११ र १२ को पठनपाठन संचालन गर्दै आइरहेको समेत विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर पान्डेले जानकारी दिए । कार्यक्रममा विभिन्न सास्कृतिक देउडा खेल ,नाच, मार्च पास, नाटक, सम्मान कार्यक्रम लगायत विभिन्न क्रियाकलाप कार्यक्रम सम्पन्न भएको हो ।
भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोसः

हेरौं फोटो फिचरः

Facebook

 

 

कालोमोसो दल्न गएकाहरु जब ५ लाखको चेकसहित झोला र जुत्तासमेत छोडेर भागे

काठमाडौँ – शुक्रबार बिहान पौने १० बजे नै डीडीसीका महाप्रबन्धक सञ्जीव झा लैनचौरस्थित कार्यालय पुगिसकेका थिए । कार्यकक्षमै संस्थानको एक मिटिङ सकेर अर्को एक मिटिङका लागि कुर्दै गर्दा उनको कार्यकक्षमा ४ जना मानिस छिरे । जसमा पहिलो व्यक्ति संस्थानकै कर्मचारी थिए । उनी झा भन्दा बायाँतिरको सोफामा बसे । उनी भन्दा पछि ३ जना केटाहरु पनि भित्र छिरे । ति केटाहरु झाको कार्यकक्षमा छिर्दा बिहानको करिब पौने ११ बजेको संस्थानका कर्मचारीहरु बताउँछन् ।

कार्यालयमा छिर्दा महाप्रबन्धकलाई भेट्नुपर्ने विशेष काम छ भन्दै आएका उनीहरु जब झाको कार्याकक्षमा पुगे हतार हतार दौडिएर झा भएको टेबलमा पुगेर उनीमाथि केही दल्न खोजे । संस्थानका अधिकारीहरुका अनुसार कार्यकक्षमा छिरेकामध्ये पहिलो केटाले रातो प्लाष्टिकमा लगेको केही झामाथि खन्याउन खोजे । तर,कुर्सीबाट उठेर महाप्रबन्धक झाले प्लाष्टिक बोकेको युवामााथि प्रतिकार गरे । ‘ति युवाले केही पोख्न खोजे तर झाले उक्त प्लाष्टिकसहित उनको हात समातेर घचेडिदिए,’ प्रत्यक्षदर्शी एक कर्मचारी भन्छन्, ‘पहिलो युवालाई महाप्रबन्धक झाले उठेर प्रतिकार गरेपछि संगै रहेका अर्को केटोले अत्तालिदैं मसी छर्किन थाले । कार्यकक्ष छिरेको मध्ये तेस्रो केटाले क्रान्तिकारी युवा संघ जिन्दावाद भन्दै आत्तिदै नारा लगाए ।’

महाप्रबन्धक र कालोमोसो दल्न गएकाहरुबीच भएको छिनाझम्टी र घम्साघम्सि भयो । झालाई आक्रमण भएको सुनेपछि झाको कार्यकक्षमा आएपछि अन्य कर्मचारीहरु पनि उनीहरुलाई प्रतिकार गर्न तम्सिए । केहीबेर महाप्रबन्धको कार्यकक्ष रणमैदान भयो । कालो दल्न गएकाहरुलाई कर्मचारीहरुले धुँइपत्ताल लखेटे । महाप्रबन्धकको कार्यकक्षबाट भागेक ति युवाहरु केही घाइते समेत भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । ‘महाप्रबन्धकको कार्यकक्षबाट भागेका उनीहरु डीडीसीको पर्खाल नाघेर भागे,’ एक कर्मचारी भन्छन्,‘आफ्नो झोला र जुत्ता समेत यही छोडेर भागेका छन् । कसरी उनीहरु लखेटिए आफैं सोच्नुस् ।’ डीडीसीका कर्मचारीहरुकाअनुसार कालोमोसो दल्न आएकाहरु सम्भवत अब डीडीसी छिर्न नसक्ने गरी लखेटिएका छन् ।

५ लाखको चेक छोडेर भागे 

महाप्रबन्धकमाथि आक्रमण भएपछि कर्मचारीहरुले तत्कालै प्रहरी वृत्त लैनचौरलाई खबर गरेका थिए । प्रहरी आइपुग्दा कालोदल्न आएका युवाहरु भगिसकेका थिए । तर, प्रहरीले घटनास्थल मुचुल्का गरेको छ । जहाँ ति युवाहरु भाग्दा छोडिएको झोलामा ५ लाख रुपैयाँको चेक भेटिएको छ ।

प्रहरी स्रोतकाअनुसार पोखराको दूधपोखरी बचत तथा ऋण सहकारी संस्थामा खाता रहेका भीम बहादुर सार्कीले राजेन्द्र थापाको नाममा रहेको चेक कालोमोसो दल्न आएकाले छोडेका थिए ।

यस्तै, उनीहरुको झोलाबाट एउटा हस्तलिखित पर्चा र भाग्दा छुटेको एक जोर जुत्ता पनि प्रहरीले बरामद गरेको छ । दूग्ध विकास संस्थाकाअनुसार घटना लगत्तै प्रहरीले घटनास्थलको सबै सीसी टिभी फुटेज संकलन गरेर घटनास्थलमा भेटिएका सबै बस्तुहरु अनुसन्धानका लागि लिएर गएको छ ।

कालोमोसो दल्न सकेनन् तर दलेको प्रचार गरे

डीडीसीका महाप्रबन्धकलाई कालोमोसो दल्न गएकाहरु प्रतिकार पछि त्यहाँबाट भागेका थिए । शुक्रबार अबेरसम्म पनि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छैन् । तर, कालोमोसो दल्न नसकेर प्रतिकार भएर लखेटिएकाहरु आफैले सञ्चार माध्यममा फोन गर्दै काालोमोसो दलेको दाबी गर्दै सूचना टिपाए । सिधाकुराको सम्पर्कमा आएका तिनै मध्येका एक युवाले आफूहरुले भ्रष्टचारीलाई कारबाही गरेको दाबी गरे । तर, सिधाकुराले बरामद गरेको भिडियो प्रमाणअनुसार उनीहरुले झालाई कालोमोसो दलेको नभई प्रतिकार पछि हतासमा भागेको देखिन्छ ।

कालोमोसो दल्नेहरु खोज्दै प्रहरी 

गत सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धब रिजाल माथि यस्तै प्रकृतिको दुव्र्यवहार भएको थियो । कार्यकक्ष प्रवेश गर्नै लाग्दा उनीमाथि कालोमसी छ्याप्ने प्रयास भएको थियो । सो घटानमा पनि यही समूह परिचालन भएको बताइन्छ । पाँच दिनअघि महानिर्देशकलाई दुव्र्यवहार गरेका उनीहरुलाई समयमै कारबाही नहुँदा शुक्रबार डीडीसीका महाप्रबन्धकमाथि उस्तै प्रकृतिको घटना दोहोरीएको सुरक्षा मामलाका जानकारहरु बताउँछन् ।

लैनचाैर घटनामा पनि नजिकको प्रहरी युनिटले अनुसन्धान गरिरहेको नेपाल प्रहरीले दाबी गरेको छ । केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले देशैभर पछिल्लो समय भएको यस्ता अराजक गतिविधिलाई प्रहरीले उच्च निगरानीमा राखेको दाबी गर्छन ।

‘गत सोमबार र आज भएको घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याइन्छ,’ प्रवक्ता ढकालले सिधाकुरासँग भने,‘कुनै पनि बहानामा कसैलाई मान मर्दन गर्न पाइन्न ।’ यस्तो अराजक हर्कत गर्नेहरु बिरुद्ध प्रहरीले उच्च निगरानी बढाएको भन्दै ढकालले उनीहरु छिट्टै कानुनी दायरामा आउने बताए ।

सिधाकुरा बाट साभार

ग्लोबल आईएमई बैंकको डिजिटल बैंकिङ सचेतना अभियान सम्पन्न

डडेल्धुराः ग्लोबल आईएमई बैंक लिमिटेड शाखा कार्यालय डडेल्धुराले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम शनिवार सम्पन्न गरेकोछ।
जिल्ला सदरमुकाममा बिभिन्न सरोकारवाला ब्यक्तिहरु संग गरेको कार्यक्रममा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङको अर्थ यसको महत्व लगायतका बारेमा जानकारी गराईएको छ ।

सहभागीहरुलाई बैंकका शाखा प्रबन्धक प्रकाश दत्त भट्टले बैंकमा डिजिटल प्रविधिको प्रयोग गर्ने तरिका, डिजिटल कारोबार बाट हुने फाईदा, डिजिटल बैंकिङमा हुन सक्ने समस्या र यसबाट सुरक्षित रहने तरिकाका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

May be an image of 2 people, people studying and text

साथै उनले फेसबुक, म्यासेन्जर, ह्वाटसप लगायतका सामाजिक सञ्जालमा आउने अनावस्यक प्रलोभनबाट सावधानी रहन समेत आग्रह गरेका छन । कार्यक्रममा डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानी लगायतका विविध पक्षबारे जानकारी दिइएको थियो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको जनाउदै भट्टले यस्ता साक्षरता कार्यक्रमहरु ग्रामिण बस्ती सम्म पु¥याउने बताए । बैंकिङ सेवा छिटो, छरितो र कम समयमै घरमै बसेर पनि लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरुले सहयोग पु¥याउने बैंकको बिश्वास छ ।

डडेल्धुरामा दादुरा रुबेला खोप अभियान १३ गते बाट सुरु हुने

डडेल्धुरा (डिआर भट्ट)-  फाुगन १३ देखि १६ गते देखि डडेल्धुरामा दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । दादुरा रोग मिजल्स भाईरसबाट हुने अति छिटो सर्ने संक्रामक रोग हो । रुबेला रोग रुबेलाई भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोग सामानयतया ५ बर्ष मुनिका बालबालिकाहरुमा देखा पर्ने हुन्छ । कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले जानकारि दिएका छन् । उनले थपे बालबालिकामा खामेप लगाएमा सुरक्षित रहने भएमकाले सबैले खोप लगाउनु समेत अनुरोध गर्दछु । खोपका बारेमा जानकारि दिनका लागि हामीले प्रचारप्रसार गर्दै आएका छौ । स्वास्थ्यकर्मि लाई तालिम दिने कार्य गरिसकेका छौ ।

डडेल्धुराका १ सय ८० ओटा खोप केन्द्र बाट खोप प्रदान गरिनेछ । यस खोप अभियानको मुख्य उद्धेश्य रोग नियन्त्रण र बालबालिकाको मृत्युदरमा कमी ल्याउनु रहेकोछ ।
यस अभियानमा तराईका २१ जिल्ला र काठमाण्डौं उपत्याकाका ३ जिल्लाहरुमा ९ महिना देखि १५ बर्ष मुनिका बालबालिका लाई लगाईन्छ भने बाँकि जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकामा यो खोप लगाईन्छ ।
यो रोग दादुरा रुबेला भाईरस मानिसमा मात्र सर्दछ । संक्रमण भएको व्यक्तिको नाक तथा घाटीमा रहेर बृद्धि हुने र श्वास नलि एंवम अरु भित्री अंगहरुमा संक्रमण गर्दछ । यो रोग लागेका व्यक्तिले खोक्दा, हाछ्उि गर्दा निस्कने छिटाबाट रोग सर्दछ ।
यो रोग लागेमा ज्वरो आउने शरिरमा राता विमीरा आउने नाक बाट पानी बग्ने, खोकि लाग्ने, आखाँ राता हुने, आखाँ पाक्ने, रुघाखोकि लाग्ने लक्षणहरु देखिने हुन्छ ।
यस अभियानमा सबैले सहभागि भएमा रोग उन्मुलनमा सहयोग पुग्ने थियो कि ?

ग्लोवल आईएम एम बैंक डडेल्धुराले जनचेतनामुलक कार्यक्रम गर्दै

डडेल्धुराः डडेल्धुरामा रहेको ग्लोवल आईएम एम बैंकले वित्तिय सारक्षरता,डिजिटल बैंङकिङ्ग सम्बन्धि कार्यक्रम आयोजना गर्न लागेको छ । आम नागरिकमा डिजिटल बैंङकिङ्ग सम्बन्धि सचेतना फैलाउनुका लागि कार्यक्रम आयोजना हुन लागेको शाखा प्रमुख प्रकाश दत्त भट्टले जानकारि दिएका हुन् । कार्यक्रमको आयोजना यहि फागुन ५ गते बिहान ९ बजे बाट निमार्ण व्यवसायी संघको हल डडेल्धुरामा हुनेछ ।

दलिततर्फको बजेटले मसानघाट जाने बाटो निमार्ण गर्दै “सुर्नया गाउँपालिका”

बैतडीः बैतडीको सुर्नया गाउँपालिकाले लक्षीत समुदाय दलिततर्फको बजेटले मसानघाट जाने बाटो निमार्ण गर्ने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा मसानघाट जाने बाटो निमार्णका लागि चालु आर्थिक बर्ष ०८०÷८१ मा कार्यान्वय हुदैछ । रातो किताबमा यो सडकका लागि १ लाख बजेट वडा कार्यालयको योजनामा रहेको छ । बिष्टपाली भन्ने ठाउँमा दलित तथा लक्षित समुदायको माग अनुसार योजना परेको वडा नम्बर ५ का वडा अध्यक्ष केशवबहादुर विष्टले बताए । यही बस्तीको दलित समुदायका लागि पानी घर निमार्णका लागि २ लाख बजेट बिनीयोजन गरेको अध्यक्ष विष्टले बताए ।

 

खाना नपाएर डडेल्धुरामा कार्यरत एक प्रहरी हवल्दारको मृत्यु

डडेल्धुराः रुपन्देहीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । डडेल्धुराको भातकाडा प्रहरी चौकीमा कार्यरत एक प्रहरी हवल्दार रुपन्देहीमा मृत अवस्थामा फेला परेका हुन् । कैलालीको लम्कीचुहा नगरपालिका–६ का भुपेन्द्र ठकुल्लालाई माघ २९ गते बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर सामुदायिक वनमा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो ।
एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक ठकुल्लाको उनका दाइ लाल ठकुल्लाले सनाखत गरि शव बुझि सकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

कपिलवस्तु बस र्घटनामा मृत्यु हुने १० जनाको पहिचान खुल्यो

त्यस्तै भीमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त नगरपालिका ४ का २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ का सन्जु थापा, पुनरवास नगरपालिका निवासी विसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको हो।

त्यस्तै भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्ने विमला दवी भट्टको पहिचान खुलेको छ।

सारदा मावि. सिराडमा कक्षा ११—१२ संञ्चालनका लागि औपचारिक रुपमा थालियो आर्थिक संकलन अभियान, क्विआर सार्वजनिक

डडेल्धुरा(डिआर भट्ट)-  डडेल्धुराको भागेश्वर गाउँपालिका ०५ सिराडमा रहेको सारदा मावि. सिराडमा कक्षा ११—१२ संञ्चालनका लागि आर्थिक संकलन अभियानको औपचारिक रुपमा आज बाट सुरु गरिएकोछ । विद्यालयले आज सरस्वती पुजाको अवसरमा अभियानको औपचारिक उद्धघाटन गरेको हो । अभियानमा सहयोग गर्ने दाताहरुका लागि क्विआर पनि सार्वजनिक गरिएकोछ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन चाड , विद्यालयका शिक्षकहरु, विद्यार्थी, अभिभावको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रममा भोज बहादुर बिष्ठले ५१ हजार १ सय ५५ र गणेशपुर मावि बडालका प्रध्यानाध्यापक सुरेन्द्र कार्किले ५ हजार सहयोग रकम हस्तान्तरण गरेका थिए ।
तपाई पनि यो अभियानमा सहयोग गर्नु चाहानुहुन्छ भने तलको क्विकारमा स्कायान गर्नुहोला ।

May be an image of text that says '18:28 +977 986-8411661 Today, 16:23 We Accept fone pay नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त SHREE SARADA MA.VI SIRAD Terminal :2222110014622844 14622844 Bank Branch Bhageshwor Branch Nallet dmake mont Sanima Bank 01-5970133 card.business@sanimabank.com'