डडेल्धुरा (दिपकराज भट्ट) ः डडेल्धुरामा राष्ट्रिय आयुर्वेद एशोसियन नेपालको प्रथम जिल्ला भेला पौष २२ गते शुक्रबार…
Lifestyle
A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart.
अजयमेरु २ मा निशुल्क स्वास्थ्य शिविर हुने
डडेल्धुरा ः डडेलधुराको अजयमेरु गाँउपालिका वडा नम्बर २ चमडामा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएकोछ ।…
एकै दिन १ हजार ९० जनामा कोरोना पुष्टि, २ जनाको ज्यान गयो
काठमाण्डौ – पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।…
सुदूरपहाडमा भूकम्पको धक्का
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगबार दिउँसो ३ बजेर ५२ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला, बझांगलगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार ४ दशमलव १ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको कोटपेटरा रहेको छ ।
भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

के तपाई कपालमा चाँया परेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय
कपालमा चायाँ परेर हामीमध्ये धेरैजना हैरान भइरहेका हुन्छौं । चायाँले कपाललाई मृतप्रायः बनाइदिन्छ । बजारमा चायाँ हटाउने श्याम्पुहरू पाइन्छन् तर कुनै पनि श्याम्पुले पूर्णतः चायाँ हटाउन सक्दैनन् । त्यसैले यो ढीठ चायाँलाई हटाउनका लागि घरेलु उपाय अपनाउने सल्लाह दिइन्छ । यी हुन् उपाय :
१. कालो माटो कपालका लागि राम्रो मानिन्छ । दुई घन्टा कालो माटोलाई पानीमा भिजाएर कपाल धुनुस् । कपाल मुलायम पनि हुन्छ अनि चायाँ पनि हट्छ ।
२. दहीमा बेसन घोलेर कपालको जरासम्म पुग्नेगरी धुनुस् । यसो गर्दा कपाल चम्किलो हुन्छ अनि चायाँ पनि हराउँछ ।
३. पिसेको मेहेन्दी एक कप, अलिकति कफी पाउडर, एक चम्चा दही, एक चम्चा कागतीको रस, एक चम्चा दही, एक चम्चा पानको कत्था, एक चम्चा अमलाको धूलो र एक चम्चा पुदिनाको धूलो मिसाएर पानीमा भिजाएर राख्नुस् । त्यसपछि कपालमा एक घन्टासम्म यो मिश्रण राख्नुस् । त्यसपछि मजाले कपाल धुनुस् । कपाल मुलायम र कालो हुन्छ अनि चायाँ पनि गायब हुन्छ ।
किन पर्छ चया ?
सामान्य अर्थमा भन्नुपर्दा चाया पर्नुको मुख्य कारण सरसफाइ हो । कपालको हेरचाह नै चायाको मुख्य कारण हो । यदी तपाईले कपालको हेरचाहमा ध्यान पुर्याउनु भएन भने चाया पर्ने सम्भावना हुन्छ । कपाल कम धुनाले चाया पर्ने सम्भावना उच्च हुन्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।
सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ ।लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।
कसरी बच्ने ?
चायाबाट बच्नका लागि कपालको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । यसका लागि नियमित रुपमा नुहाउनु आवश्यक छ । यसका साथै सन्तुलित भोजनले पनि चाया उत्पादनमा कमी ल्याउँछ . भिटामिनयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्याउनुपर्छ । एन्टीडेन्ड्रफ स्याम्पुको प्रयोग र सफा पानीको प्रयोगमा ध्यान दिन सकियो भने चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मृत्यु पछि के हुन्छ ? अध्यात्मिक र बैज्ञानिक पाटो
मृत्यु पछी के हुन्छ यस प्रश्नको ठोस जवाफ दिन सक्दैन सायद कसैले तर अध्यात्म र बिज्ञानले फरक फरक तर्क राख्छ । आज हामी अमेरिकी खगोलभौतिकशास्त्री, लेखक तथा विज्ञान सम्प्रषक नील डिग्रास टाइसन द्वारा अमेरिकी टेलिभिजन तथा रेडियो होस्ट ल्यारी किङ्गलाई दिएको अन्तरवार्तामा आधारित केहि अंश प्रशुत गर्दै छौं हुन त म मृत्युपछि के हुन्छ भन्ने प्रश्नको कुनै अखण्डनीय कुराको दाबी गर्न सक्छु । तर, हुने चाहिँ यस्तो हो : तपाईं बाँचुन्जेल खाना खानुहुन्छ । हामीले खाने खानामा क्यालोरी हुन्छ । क्यालोरी भनेको ऊर्जा मापन गर्ने एकाइ हो । तपाईं खाना खानुहुन्छ, र तपाईंको शरीरमा ऊर्जा उत्पादन हुन्छ । त्यो ऊर्जालाई तपाईं प्रयोग गर्न सक्नुहुन्छ ।
आधारभूत रुपमा भन्नुपर्दा हाम्रो शरीरको तापक्रम स्थीर रहनुको कारण नै यही हो । हाम्रो शरीरको तापक्रम हरेक समय ९८.६ डिग्री फरेन्हाइट हुन्छ ।
कुनै पनि चीजको तापक्रम वायुमण्डलको तापक्रमभन्दा माथिको तापक्रममा कसरी स्थीर राख्न सकिन्छ ? पक्कै पनि तपाईंको शरीरले ऊर्जा उत्पादन गरिरहेको हुन्छ र त्यही ऊर्जाले शरीरको तापक्रम स्थीर हुन मद्दत गर्ने हो । स्थीर किन राख्नुपर्यो त ? किनभने, जैविक रुपमा हाम्रो शरीरलाई आफ्ना कार्यहरु गर्नको लागि त्यति तापक्रमको आवश्यकता पर्छ । त्यति मात्र होइन, तपाईंलाई हिँड्नको लागि, यताउता चल्नको लागि पनि ऊर्जाको खाँचो पर्छ । त्यसैले हामी खाना खान्छौँ ।
अब कुरा आउँछ हाम्रो मृत्युपछि के हुन्छ त ? हाम्रो मृत्यु हुँदा हाम्रो शरीरले ऊर्जा उत्पादन गर्न सक्दैन (किनभने, ऊर्जा उत्पादनको लागि हाम्रो शरीरले खाना खाएको हुँदैन, खानाबाट ऊर्जा उत्पादन गर्नको लागि खानासँग प्रतिक्रिया गर्नको लागि अक्सिजन शरीरभित्र छिरेको हुँदैन र अक्सिजन हरेक कोष–कोषमा पुर्याउनको लागि रक्तसंचार क्रियाशील हुँदैन) । त्यसैले शरीरको तापक्रम घट्न थाल्छ । कतिसम्म घट्छ त ? वायुमण्डलको तापक्रम जति छ, त्यतिसम्म । यदि तपाईंले मृत्यु भइसकेको व्यक्तिको हात छुनुभयो भने तपाईंको पहिलो प्रतिक्रिया हुन्छ, ‘शरीर त चिसो छ !’ होइन ! शरीर चिसो हुँदैन ! शरीरको तापक्रम त वायुमण्डलको तापक्रम जति छ, त्यति नै हुन्छ । तर, तपाईंको आफ्नो हात त ९८.६ डिग्री फरेन्हाइटसम्म तातो छ नि त ! मृत शरीरमा ऊर्जा उत्पादन हुने कार्य भइरहेको हुँदैन ।
शरीरका हरेक अणुहरुमा ऊर्जा सञ्चित भएर बसेको हुन्छ । मृत शरीरलाई जलाइयो भने उक्त सञ्चित ऊर्जा तापमा परिणत हुन्छ र उक्त तापले हावालाई तताउने काम गर्छ । सो तातो हावा अन्तरिक्षमा जान्छ । तर, मेरो मृत्युपछि म चाहन्छु कि मेरो मृत शरीरलाई गाडियोस् । मेरो शरीरलाई गाडियो भने मेरो शरीरका अणुहरुले जीवनभर सञ्चित गरेको ऊर्जा सूक्ष्म किटाणुहरुले प्रयोग गर्छन्; ब्याक्टेरिया तथा अन्य किटाणुहरुले मेरो मृत शरीरको ऊर्जा आफ्नो जीविका चलाउन प्रयोग गर्छन् । त्यसैले मेरो शरीर पृथ्वीकै जीवजन्तुमा फर्कन्छ । र, जीवनको एक चक्र समाप्त हुन्छ । मलाई थाहा छ कि त्यस्तो हुनेवाला छ, किनकि मेरो शरीरमा सञ्चित ऊर्जा कहाँ जान्छ भन्ने कुरा हामी मापन गर्न सक्छौँ ।
तर, मेरो चेतनालाई के हुन्छ त ? अब मेरो चेतना कहिल्यै फर्किनेवाला छैन । चेतना फर्किन्छ भन्ने कुराको कुनै प्रमाण छैन । वास्तवमा अब ‘म’ नै हुन्नँ । तर, के त्यो त्यति अनौठो छ र ? आफू जन्मिनुभन्दा अगाडि तपाईंको केही चेतना थियो र ? मेरो मतलब, जन्मिनुभन्दा अगाडि के तपाईं ‘म अहिलेसम्म पृथ्वीमा किन जन्मिनँ ? मलाई पृथ्वीमा जन्म लिनु छ ! म कहाँ छु ?’ भनेर कतै बसेर चिच्याइरहनुभएको थियो र ? पक्कै थिएन । त्यो त सिर्फ गैरअस्तित्वको अवस्था थियो । तर, अब म जन्मिसकेको छु र मलाई आफ्नो अस्तित्वको आभाष भइसकेको छ । यो स्थितिमा पक्कै पनि मलाई आफ्नो गैरअस्तित्वको अवस्थाको बारेमा विचार गर्दा केही अनौठो पक्कै लाग्छ ।
हामी सबैलाई मृत्युदेखि डर हुन्छ, किनकि हामीले आफू जन्मिएको पलदेखि जीवनभर अनुभव गर्ने भनेको जीवन हो । तर यसमा म अलि भिन्न तरिकाले हेर्न चाहन्छु । यदि सम्भव हुने भए के म अमरत्व चाहन्थेँ त ? पक्कै पनि अमरत्वको बारेमा सोच्नु निकै रमाइलो हुन्छ । तर, म यसलाई यसरी हेर्छु : मेरो मृत्यु निश्चित छ भन्ने कुराको ज्ञानले नै म बाँच्नमा केन्द्रित हुन्छु, जीवनमा केही उपलब्धि पाउनुपर्छ भन्ने कुराको मलाई महसुस हुन्छ, माया व्यक्त गर्नुपर्छ भन्ने महसुस हुन्छ; त्यो पनि अहिले नै, पछि होइन ! यदि हामी सधैं बाँचिरहने भए बिहान ओछ्यानबाट किन उठ्नुपर्यो र ? किनकि, भोलि त सधैं आउँछ नि ! म त्यस्तो जीवन बाँच्न चाहन्न । मलाई मृत्युको डर छैन; डर छ त त्यस्तो जीवन बाँच्ने जहाँ मैले केही उपलब्धि हासिल गर्न सक्थेँ, तर गरिनँ । मलाई मृत्युको डर छैन ।

टमाटरको प्रयोगले कयौं रोगको रोकथाम समेत गर्न सकिन्छ
टमाटरको प्रयोगले कयौं रोगको रोकथाम समेत गर्न सकिन्छ
तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।
टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।
गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ । प्रयोगले कयौं रोगको रोकथाम समेत गर्न सकिन्छ तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ । विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ । यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ । बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ । मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ । गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ । काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

दाँतको पहेँलोपन हटाउन अपनाउनुहोस् यी घरेलु उपाय
मान्छेको सुन्दरता दाँतको सुन्दरतासँग पनि जोडिएको हुन्छ। हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो। गफ गर्दा या हाँस्दा दाँत राम्रो देखिएन भने राम्रो देखिँदैन। त्यसैले दाँत सफा या चम्किलो बनाउन आवश्यक हुन्छ। त्यसका लागि दैनिक टुथपेस्टले ब्रस गर्दैमा दाँत राम्रो हुन्छ भन्ने हुँदैन। अन्य सामान्य घरेलु चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ।
यी हुन् दाँत चम्काउने घरेलु उपाय : कागती र नुन सातामा दुई पटक नियमित कागतीमा नुन मिसाएर दाँतमा लगाएर एकछिन पानीले धुने गर्नाले दाँत सेतो हुनुका साथै दाँतमा किरा लाग्नबाट बचाउँछ। सुन्तला नियमित रूपमा सुत्नु अगाडि सुन्तलालाई दाँतमा नियमित लगाउनाले दाँत स्वस्थ हुनुका साथै सेता देखिन्छन्। सुन्तलामा हुने भिटामिन सी र क्याल्सियमले दाँतमा हुने किटाणुबाट बचाई दाँत सफा राख्न सहयोग गर्छन्।
स्ट्रबेरी स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने। दैनिक दुई पटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ। यस्तै, स्ट्रबरीलाई आधा चम्चा बेकिङ पाउडरमा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने अनि त्यसलाई पखाल्ने। त्यसपछि टुथपेस्टले सफा गर्ने गर्नाले पनि दाँत चम्किन्छ। स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन सहयोग गर्छ।
तुलसीको पात तुलसीको पातलाई घाममा सुकाई त्यसलाई पिसेर पाउडर बनाएर पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस तथा पत्तालाई सर्स्युंको तेलमा मिलाएर दाँत सफा गर्ने गर्नाले दाँत चम्किन्छ। दैनिक स्याउ सेवन दैनिक स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ। यसलाई राम्ररी चपाएर खाने गर्नाले स्याउमा हुने एसिड र फाइबरले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छन्।

सिमायल गाउँ शोकमाः चालक मालीको उपचारको क्रममा मृत्यु
बैतडी जिप दुर्घटना : सिमायल गाउँ शोकमा डुब्यो
बैतडी जिप दुर्घटना : सिमायल गाउँ शोकमा डुब्यो
बैतडी–बैतडीमा जिप दुर्घटनामा परी एकै वडाका ५ जनाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । जन्ती गएका गाउँका पाँच जना कहिले नफर्कने गरेर अस्ताएपछि अहिले गाउँ नै शोकमा डुबेको स्थानीय कर्णबहादुर चन्दले बताए । उनले भने ‘गाउँका ५ जनाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । परिवारका सदस्यहरु विक्षिप्त भएका छन् ।’
जन्ती बोकेको जिप आइतबार राती दुर्घटना हुँदा बैतडीको दशरथचन्द नगरपालिका वडा नं ६ का ५ जना र जिप चालक समेत गरेर ६ जनाको मृत्यु भएपछि अहिले पुरै वडा शोकमा डुबेको दशरथचन्द नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गजेन्द्रसिंह रावलले बताए । उनले भने ‘वडामा ठूलो दुर्घटना भएको छ । यसले हामी सबै वडावासीहरुलाई दुखित तुल्याएको छ । एकै वडाका ५ जनाको निधन हुँदा गाउँ शोकमग्न बनेको छ ।’
बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा आइतबार राती दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० बर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका र उनको धनगढीमा उपचार भईरहेको छ ।
दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाईसकिएको छ भने दुर्घटनामा परी मृत्यु भएकाहरुको दाहसंस्कार पनि गरिएको छ ।
