२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

सुदूरपश्चिम प्रदेश सहित देशभर कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखी सुरु

सुदूरपश्चिम प्रदेश सहित देशभर कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखी सुरु हुँदै छ । दोस्रो चरणको खोप अभियानमा ६५ वर्ष माथिकालाई खोप लगाइने भएको छ । यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने छन् ।

खोप लगाउन प्रधानमन्त्री ओली आज बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानेछन् । यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ ।

यता सुदूरपश्चिमका ९ वटै जिल्लाको ७ सय ३५ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने भएको छ । दोस्रो चरणमा प्रदेशका ५५ वर्ष माथिका ३ लाख ६३ हजार जनसंख्यालाई खोप दिने सरकारको तयारी छ ।

नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । पहिलो चरणको खोप अभियान गत माघ १४ गते देखि सुरु भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।