२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

कञ्चनपुर ब्याटमिन्टन संघको अध्यक्षमा मनोज भट्ट

कञ्चनपुर,१८ फागुन । कञ्चनपुर ब्याटमिन्टन संघको अध्यक्षमा मानेज भट्ट निर्वाचित भएका छन। प्रतिद्धन्दी रवि के.सीलाई ३४ मतले पराजित गर्दै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन । मंगलबार बिहान होटल कलशको सभाकक्षमा भएको मतदानमा भट्टले ७९ र के।सी।ले ४५ मत मत प्राप्त गरे ।

कुल १ सय ३४ मतदाता मध्ये कुल १ सय २४ मत खसेको थियो । १३ औ जिल्ला अधिवेसनबाट उपाध्यक्षमा दिल बहादुर धामी, राजकिशोर जोशी, सचिवमा राकेश चन्द र कोषाध्यक्षमा राजेन्द्र थापा निर्विरोध चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यमा लोकेन्द्र कार्की, वासुदेव भट्ट, उत्तम बोहरा र सुरेश प्रसाद भट्ट चयन भएका छन । अध्यक्ष बाहेकका सवै पदाधिकारी र सदस्य फागुन १५ गते नै सर्वसम्मतरुपमा चयन भएका थिए ।

कञ्चनपुर व्याटमिन्टन संघको ईतिहासमै पहिलो पटक मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो । यसअघिका सबै समितिहरु निर्विरोध हुदै आएका थिए र अध्यक्ष पदकोलागि मनोज भट्ट, रवि केसी, किशोर जोशी र सरोज थापाले दावि गरेका थिए । निर्वाचन तालिका अनुरुप कसैले पनि दावि नछोडेपछि निर्वाचन मण्डलले मंगलबार विहान मतदानका लागि समय तोकेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।