कञ्चनपुर,१८ फागुन । कञ्चनपुर ब्याटमिन्टन संघको अध्यक्षमा मानेज भट्ट निर्वाचित भएका छन। प्रतिद्धन्दी रवि के.सीलाई ३४ मतले पराजित गर्दै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन । मंगलबार बिहान होटल कलशको सभाकक्षमा भएको मतदानमा भट्टले ७९ र के।सी।ले ४५ मत मत प्राप्त गरे ।



कुल १ सय ३४ मतदाता मध्ये कुल १ सय २४ मत खसेको थियो । १३ औ जिल्ला अधिवेसनबाट उपाध्यक्षमा दिल बहादुर धामी, राजकिशोर जोशी, सचिवमा राकेश चन्द र कोषाध्यक्षमा राजेन्द्र थापा निर्विरोध चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यमा लोकेन्द्र कार्की, वासुदेव भट्ट, उत्तम बोहरा र सुरेश प्रसाद भट्ट चयन भएका छन । अध्यक्ष बाहेकका सवै पदाधिकारी र सदस्य फागुन १५ गते नै सर्वसम्मतरुपमा चयन भएका थिए ।
कञ्चनपुर व्याटमिन्टन संघको ईतिहासमै पहिलो पटक मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो । यसअघिका सबै समितिहरु निर्विरोध हुदै आएका थिए र अध्यक्ष पदकोलागि मनोज भट्ट, रवि केसी, किशोर जोशी र सरोज थापाले दावि गरेका थिए । निर्वाचन तालिका अनुरुप कसैले पनि दावि नछोडेपछि निर्वाचन मण्डलले मंगलबार विहान मतदानका लागि समय तोकेको थियो ।

























