२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

डडेल्धुरा बजार अनुगमन

डडेल्धुरा — बजारमा अखाद्य वस्तु बेच बिखनका मुद्दा अदालत पुग्दा घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराले बजार अनुगमन थालेको छ । घरेलु तथा साना उद्योग कार्यालको संयोजकत्वमा गठित बजार अनुगमन समितिले सोमबार देखि डडेलधुरा सदरमुकाम क्षेत्रमा बजार अनुगमन गरिरहेको छ ।

                                              No description available.

लमो समय देखी बजार अनुगमन हुन नसकेको समयमा बजारको अवस्थाका बारेमा जानकारी लिई उपभोक्ता हित संरक्षणका लागि नियमित कार्यक्रम अनुसार बजार अनुगमन गरिदै छ ।

पहिलो दिन जिल्ला सदरमुकाको बागबजारमा रहेका पसल, होटेल सहित अन्य व्यसायीक फर्महरुको अनुगमन गरिएको छ भने यो अनुगमन लार्य शनिवार सम्म निरन्तरता दिईने छ ।
अनुगमनका क्रममा पसलको फर्म नविकरण नगरिएको, साईनबोर्ड नराखीएकोे, मुल्यसुची नराखीएको पाइएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशव भण्डारीले बताए ।

म्याद सकिएका खाद्य वस्तुलाई नियनत्रणमा लिई नष्ट गरिएको छ । नियम पालना नगरि संचालन भएका व्यापारीलाई पहिलो पटकका लागि तिन दिन भित्र सम्पुर्ण प्रक्रिया पुरा गर्न पत्राचार गरिएको घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले जनाएको छ । बजार अनुगमनलाई निरन्तरता दिईने समेत कार्यालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।