धनगढी, ५ फागुन । कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ परेका छन् ।



कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाकोे कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपलीया विबाहमा गएका जोहारीलाल चौधरीको से ५ प २५६८ नम्बरको मोटरसाइकल चोरी गर्ने सो ठाउँका २१ वर्षिय जयराम राना पक्राउ परेका हुन् । चौधरी धनगढी उप–महानगरपालिका वडा नम्बर -१५ का स्थानीय हुन् ।
चोरीको मोटरसाइकलसहित रानालाई पक्राउ गरि कानूनी कारबाही थालिएको प्रहरीले बताएको छ ।
Views: 155

























