२०८३ आश्विन १३ मंगलवार
२०८३ आश्विन १३ मंगलवार

निर्वाचन आयोगमा छलफल गर्न ओली र प्रचण्ड दुवै नजाने

काठमाण्डौ, १६ माघ । निर्वाचन आयोगले राजनीतिक छलफलका लागि भन्दै नेकपाका दुवै अध्यक्षलाई कार्यालयमा बोलाएको छ ।

आयोगले बिहीबार पत्र लेखेर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५५ जना प्रतिनिधिसहित कार्यालयमा बोलाएको हो ।

तर, ओली र प्रचण्ड दुवै जना निर्वाचन आयोगको कार्यालय बहादुर भवन नजाने भएका छन् । सत्तारुढ नेकपामा संसद विघटनपछि राजनीतिक विभाजन देखिएको छ ।

जसमा एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओली र अर्को समूहको प्रचण्ड तथा माधव कुमार नेपालले गरिरहेका छन् ।

सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि प्रचण्ड-माधव समूह सडक संघर्षमा रहेको छ । उनीहरुले सरकारको कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै आन्दोलन गरिरहेका हुन् ।

प्रचण्ड र नेपाल दुवै जना विरोध सभालाई सम्बोधन गर्न आज प्रदेश १ को विराटनगर जाँदैछन् । जसकारण आयोगमा प्रतिनिधिहरु मात्रै जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको पनि आयोगमा जाने कार्यसूची नरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीको तर्फबाट सुवास नेम्वाङसहितको प्रतिनिधि आयोगमा जाने तयारी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।