२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

बाढी पीडितहरुलाई उधोगमन्त्री लेखराज भट्टद्वारा खाधन्न सहयोग

कैलाली (चुरे)-चुरे गाउँपालिकाका बाढी पीडितहरुलाई उधोगमन्त्री लेखराज भट्टले खाधन्न र जाडोको लुगा बितरण गर्नु भएको छ । बाढीबाट बिस्थापित भएकाहरु हाल बसिरहेको चुरे गाउँपालिका ४ कैनेरु गणामा पुगेर उक्त सामाग्री बितरण गरिएको हो ।

मन्त्री भट्टका तर्फबाट उनकी धर्मपत्नी एबम नेकपाकी केन्द्रिय सदस्य निर्मला भट्ट सामाग्री लगेर त्यँहा पुग्नु भएको हो । उनिहरुलाई चामल १ सय ३७ बोरा , चिनी २ क्विन्टल ,नुन २ सय पाकेट ,दाल २५ क्विन्टल र जाडोको बल्याङकेट १ सय ८० वटा उपलब्ध गराइएको नेकापा चुरेका नेता किसन साउँद बिशालले बताए ।

उनका अनुसार बाढी पीडितहरुको समस्या बुझेर तत्कालको लागी राहत स्वरुप उक्त सामाग्री दिइएको भएपनी छिट्टै नै स्थायी बसोबासको योजनाको लागी मन्त्री भट्टले पहल गरिरह्नु भएको बुझिएको छ । बाढी पिडित संघर्ष समितीका अध्यक्ष टिकाराम कार्कीले अहिले सम्म कतै बाट पनि खासै राहत नपाएको गुनासो गरे ।

‘६ महिना भयो हामीले बाढीको कारण घरबार गुमाएको तर सरकारको जिम्मेवार निकायको अहिलेसम्म उपस्थिती भएको थिएन,’ कार्कीले भने ,’ आज मन्त्री लेखराज भट्टको तर्फबाट जुन सहयोग आएको छ यसले हामीलाई राहत मिलेको छ।’ गत साउनमा आएको बढीले कैलालीको चुरे गाउँपालिका ४,५ र ६ का झन्डै १६८ परिवार पूर्ण रुपमा बिस्थापित भएका थिए ।

उनिहरु लामी समय भिमदत्त राजमार्गमा टेन्ट हालेर बसेका थिए ।तर पछि उनिहरु गौरीगंगा नगरपालिकामा आएर बसेका थिए ।

त्यँहा पनि नगरपालिकाले बस्न नदिएपछि जिल्ला प्रसाशन कार्यालय कैलालीको समन्वयमा बैठक बसेर चुरे ४ मा रहेको कैनेरुमा अस्थायी बसोबासको ब्यबस्था मिलाएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।