२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

कृष्णपुरकी किरनको आर्थिक अभावका कारण उपचारमा समस्या : सहयोगका लागि आग्रह

राजेश भुल- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.२ बंक दिपज्योती टोल बनहरा वस्ने ४१ बर्षिया महिला किरन शिरकोटीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

बच्चादानीका साथै दुवै मृगौला दुखी रहने समस्याबाट पीडित शिरकोटी आर्थिक समस्याका कारण उपचार गर्न अस्पताल जान नसकेपछी ओछ्यानमै थला पर्नुभएको छ । विगत तीन वर्ष देखि उपचार गराइरहेकी उनको स्वास्थ्यमा थप समस्या आएसंगै उपचारका लागि काठमाडौंको नर्विक अस्पताल लैजानुपर्ने भएकाले खर्च अभावका कारण घरमै थला परेको उनका श्रीमान उमेशचन्द्र शिरकोटीले बताए । “विगत तीन वर्ष भयो उपचार गराइरहेको र हालसम्म तीन लाख बढी खर्च समेत भइसक्यो”,उनले भने,”सुखमा साथ दिने धेरै हुन्छन् तर दुखमा आफ्नो कोही नहुदो रहेछ” ।

स्वयम आफु दृष्टिविहीन भएको बताउँदै उनले नगरपालिका,सामुदायिक वन लगायत विभिन्न ठाउँहरुमा सहयोगका लागि आग्रह गरेपनि आफ्नो कुराको वेवास्ता गरेको दुखेसो पोख्नुभयो । निरन्तर औषधी सेवन गरेको वेला ठिक हुने र औषधी सकिएपछी पुन: समस्या हुने गरेको श्रीमान उमेशचन्द्र शिरकोटीले जानकारी दिए ।

आफुले श्रीमती किरनको उपचारका लागि खर्च जुटाउन भन्दै अगरवत्तीका साथै रिचार्ज कार्डहरु समेत विक्री गरेको तर आफु दृष्टिविहीन भएकाले पसलेहरुले ठगेको दुखेसो गर्नुभयो । एक श्रष्टा समेत रहेका श्रीकोटीले मेची महाकाली शान्ती अभियानका आफ्ना ५०० भन्दा बढी कितावहरु विक्री नभएर घरमै रहेको रेडियो प्रभु एफ. एम.लाई बताए ।

किरनका श्रीमान उमेशचन्द्र शिरकोटीले सहयोग गरिदिनहुन आग्रह समेत गर्नुभएको छ । सहयोगका लागि उमेशचन्द्र शिरकोटीका नाममा रहेको एन.एम.बी बैंकको खाता नम्बर १८१०१३००९३१०००१३ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । आर्थिक सहयोग गर्न चाहनेले श्रीमानको मोबाइल नम्बर ९८४८८८६४४२ र ९८०५७९७९५५ मा सम्पर्क गरी आवश्यक सहयोग समेत सक्नेछन् । उनका एक छोरा र एक छोरी रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।