पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १८८ महिला र पुरुष ३६६ लाई संक्रमण देखिएको हो।



योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । जसमध्ये २ लाख ५७ हजार २२९ जना डिस्चार्ज भएका छन्। यस्तै अहिलेसम्म कोरोनाबाट १९०९ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५८५ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार अहिले ५ हजार २१ जना आइसोलेसनमा रहेका छन् भने ३३८ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको आरटी पीसीआर परीक्षण भएको छ। गत २४ घन्टामा मात्रै ५ हजार २सय ६९ जनाको पीसीआर परीक्षण भएको छ।
यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १८२ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


















