कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३९५ स्वाब नमूना परीक्षण गर्दा १९ महिला र ५२ पुरुष गरी ७१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी २०जना, गोदावरी नगरपालिकाका ४जना, मोहन्याल टिकापुर र जानकी गाउँपालीकाका ३/३जना, लम्की र गौरीगंगाका एक/एक जनामा संक्रमण पुष्टी भएको हो ।



त्यस्तै गरि कञ्चनपुरको भीमदत्त नगरपालिकाका १७ जना, दोधराचाँदनीका ७ जना, बेदकोटका ४ जना, पुर्नवास र बेलौरीका २ /२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै बैतडीका ३ र डोटीका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
Views: 307


















