२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

कैलालीमा ब्राउन सुगर सहित पाँचजना पक्राउ

धनगढी । कैलालीमा लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ थकालिपुर सी टोलबाट ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार पक्राउ  पर्नेमा जिल्लाको लम्किचुहा नगरपालिका–१ का २७ वर्षीय खगेन्द्र जैशी, सोही ठाउँका २५ वर्षीय सन्देश खत्री, जानकी गाउँपालिका–९ का २७ वर्षीय प्रकाश साउँद, जानकी गाउँपालिका–३ की १९ वर्षीया सबिना चौधरी र बर्दियाको गुलरियाकी १७ वर्षीया मुस्कान बिक रहेका छन्।

उनीहरुलाई आइतबार बिहान ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख तथा प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।