धनगढी । कैलालीमा लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ थकालिपुर सी टोलबाट ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ परेका हुन ।



इलाका प्रहरी कार्यालय लम्कीका अनुसार पक्राउ पर्नेमा जिल्लाको लम्किचुहा नगरपालिका–१ का २७ वर्षीय खगेन्द्र जैशी, सोही ठाउँका २५ वर्षीय सन्देश खत्री, जानकी गाउँपालिका–९ का २७ वर्षीय प्रकाश साउँद, जानकी गाउँपालिका–३ की १९ वर्षीया सबिना चौधरी र बर्दियाको गुलरियाकी १७ वर्षीया मुस्कान बिक रहेका छन्।
उनीहरुलाई आइतबार बिहान ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख तथा प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 137

























