सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार २०८ जनाको परीक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टी हुनेमा १३ महिला २८ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढी उप–महानगरपालिकाका थप २१ जना, कैलालीको गौरीगंगाका ३ जना, गोदावरी नगरपालिका २ जना, टिकापुरका १ जना रहेका छन् ।



यस्तै कञ्चनपुरको बेदकोटका ४ जना, शुक्लाफाँटाका र कृष्णपुरका २/२जना र बेलौरीका एक जना रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उता डोटीका ५ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
Views: 169

























