जनकपुरधाम, ३ मंसिर । कुटपिट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।



धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ बरमझियामा गत कार्तिक ३० गते भएको कुटपिट घटनामा वडा नम्बर २ का सरोज साहको मृत्यु भएपछि तीनजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा स्थानीय पवन शर्मा, श्रवण शर्मा र प्रमोद महरा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
बरमझियाको एक पसलमा तिनीहरु बसेको समय सामान्य विवाद हुँदा कुटाकुट भएको र त्यसमा गम्भिर घाइते भएका सरोजको उपचारको क्रममा विराटनगर स्थित एक अस्पतालमा मृत्यु भएको प्रहरी निरिक्षक कार्कीले बताए।
तीनै जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
Views: 150

























