२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

हत्याको आरोपमा तीनजना पक्राउ

जनकपुरधाम, ३ मंसिर । कुटपिट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ बरमझियामा गत कार्तिक ३० गते भएको कुटपिट घटनामा वडा नम्बर २ का सरोज साहको मृत्यु भएपछि तीनजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए।

पक्राउ पर्नेहरुमा स्थानीय पवन शर्मा, श्रवण शर्मा र प्रमोद महरा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

बरमझियाको एक पसलमा तिनीहरु बसेको समय सामान्य विवाद हुँदा कुटाकुट भएको र त्यसमा गम्भिर घाइते भएका सरोजको उपचारको क्रममा विराटनगर स्थित एक अस्पतालमा मृत्यु भएको प्रहरी निरिक्षक कार्कीले बताए।

तीनै जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।