धनगढी, २४ कात्तिक । सेती प्रादेशीक अस्पतालमा शुक्रबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ३४१ जनाको कोरोना परिक्षण गरिएकोमा थप ६३ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।



संक्रमण पुष्टी हुनेमा १७ महिला ४६ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ र २ का ५/५जना, वडा नम्बर ३ का ४जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५का १०जना, धनगढी वडा नम्बर ८ का एक जना, वडा नम्बर १०का २ जनामा संक्रमण पुष्टी भएको हो ।
कैलालीको भजनीका ८जना, टिकापुरका र घोडाघोडीका २/२जना, गोदावरीका तीन जना र कैलालीको स्थानीय तह नखुलेका तीन जनामा पनि संक्रमण पुष्टी भएको छ ।
त्यस्सै गरि कञ्चनपुरको बेलौरी ८ र भिमदत्तका ७ जनामा पनि संक्रमण पुष्टी भएको छ । अछामका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

























