२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

शिव पार्वती सामुदायिक बनको नाम जोडेर गलत समाचार प्रसारण गरेकामा प्रेस बिज्ञप्ति

दिपक ओझा/अत्तरिया- केही सञ्चारमाध्यमले गोदावरी नगरपालिकाको वडा नं ९ मा रहेको शिव पार्वती सामुदायिक बनको नाम जोडेर गलत समाचार प्रसारण गरेकामा बन उपभोक्ता समितीले आज एक प्रेस बिज्ञप्ति जारि गर्दै आपत्ति जनाएका छन् । केही दिन अगाडी कुनै सञ्चार माध्यममा गोदावरी नगरपालिकाको वडा नं ९ मा रहेको शिव पार्वती सामुदायिक बनको नाम सोही वडामा रहेको खुटिया नदिमा अबैध रुपमा भर्ईरहेको नदिजन्य पदार्थको उत्खनन्संग जोडेर आएको सामग्री गलत, आधारहीन, असंवेदनशील र बन उपभोक्ताको नेतृत्वलाई आरोपित गर्ने खालको भएको भन्दै शिव पार्वतीसामुदायिक बनका पदाधिकारीहरुले आपत्ति जनाएका हुन् ।

त्यस्ता प्रकारका समाचारले गलत सूचना दिने मात्रै नभई न्यूनतम सभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको र सञ्चारमाध्यमको गलत समाचारबारे आपत्ति जनाउदै यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणले बन उपभोक्ता र जनताहरुबीचको भावनामा गम्भीर आघात पु¥याउने हुनाले यस प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको शिव पार्वती सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बिष्णु भण्डारीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।