२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

बैतडीको डिलाशैनी केन्द्र विवाद स्थानीयस्तरमै समाधान गर्न संघीय सरकारको आग्रह

गाेकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रका बिषयमा स्थानीयस्तरमै छलफल गरेर विवाद निरुपण गर्न संघीय सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको प्रादेशिक समन्वय शाखाले गाउँपालिकालाई पत्राचार गरी गाउँपालिका सम्बन्धि विवाद स्थानीयस्तरमै समाधान गर्न आग्रह गरेको छ ।

डिलाशैनी गाउँपालिकाको केन्द्रका बिषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । गाउँकार्यपालिकाले बहुमतको निर्णय भन्दै प्रदेशबाट निर्णय पारित गरी गाउँपालिकाको केन्द्र वडा नं ३ पङसेरामा कायम गर्न संघीय सरकार समक्ष कार्यपालिकाको निर्णय पेश गरेको थियो । सो निर्णय विरुद्ध गाउँपालिकाको वडा नं ४, ५, ६ र ७ का स्थानीय आन्दोलित भएका थिए ।

संघीय सरकारले गाउँपालिकाको केन्द्रका बिषयमा रहेका विवाद स्थानीय स्तरमा समाधान गरी स्थानीय सरकार संचालन ऐन अनुसार केन्द्र तोक्न आग्रह गरेको हो । संघीय सरकारको आग्रहसंगै अब गाउँपालिकाको केन्द्रका बिषयमा फेरी छलफल निर्णय गर्नुपर्ने देखिएको छ । राज्यपुनर्संरचनाका बेला डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नं ७ धामीगाउँमा तोकिएको थियो । धामीगाउँमा केन्द्र सञ्चालन गर्न अप्ठ्यारो भएको भन्दै वडा नं ३ मा अस्थायी केन्द्र सञ्चालन गरिएको थियो ।

गाउँपालिकाले वडा नं ३ मै केन्द्र राख्ने निर्णय गरेपछि स्थानीयहरु आन्दोलनमा उत्रेका थिए । भने गाउँपालिका केन्द्र धामीगाउँ नै बनाउन माग गर्दै स्थानीयहरूले डिलाशैनी संघर्ष समिति गठन समेत गरेका थिए । आफुहरूले गरेको लामो समयदेखिको संघर्षका विभिन्न कार्यक्रमहरू अहिले आएर सफल भएको र विगत लामो समयदेखि वडा नं ४,५,६ र ७ मा तालाबन्दी पनि संघीय सरकारको पत्राचारसंगै वडाहरुमा गरिएको ताला आजैदेखि खुलेको संघर्ष समितिका संयोजक जयराज जोशीले जानकारी दिए ।

नागरिकको आन्दोलनका बिषयमा सम्बोधन भएकाले आफूहरुका संघर्ष कार्यक्रम स्थगित गरिएका जोशीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।