२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

जुवाको रकम लुट्ने तीन जना प्रहरीको फन्दामा

धनगढी, २४ कार्तिक । हतियार देखाएर जुवाको रकम लुट्ने तीन जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । वेदकोट नगरपालिकामा जुवाको रकम लुट्न खोज्नेलाई पक्राउ गरिएको हो ।

वडा नम्बर ५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा अत्याधुनिक हतियार प्रयोग गरी उनीहरुले जुवाको रकम लुटेका थिए । 

पक्राउ पर्नेमा बेदकोट नगरपालिका १ पिपलथला बस्ने केदार बिष्ट, वडा नम्बर २ बसन्थला बस्ने २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका ५ बस्ने २६ वर्षीय दिपक भट्ट रहेका छन् । उनीहरुलाई एक थान सेमी अटोमेटीक पिस्तोल र म्याग्जीन सहित प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार ७÷८ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार नगर र ३ थान मोबाइल लुटी फरार भएका थिए ।

रकम लुटिएपछि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीको संयुक्त टोलीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले तास खेलिरहेको खेतबाट समेत १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो । यस्तै, उक्त घटनामा प्रयोग भएको से.६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।