२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

विश्वमा तीन करोड ५७ लाख ७९ हजार बढी संक्रमित उपचारपछि निको भए

काठमाडौं । विश्वभरमा तीन करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।

सोमबार बिहानसम्ममा तीन करोड ५७ लाख ८० हजार एक सय ३३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड सात लाख १६ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये १२ लाख ६१ हजार ६ सय ६० जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ३५ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड दुई लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

संक्रमितमध्ये ६४ लाख ८१ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ दुई लाख ४३ हजार सात सय ४० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ८५ लाख ५३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

संक्रमितमध्ये ७९ लाख १५ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार ६ सय ५३ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।