दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकाको वडा नम्बर २ हकिला र वडा नम्बर ५ गरमौरा जोड्ने झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। दुुहूँ गाउँपालिका वडा नम्बर ५ र २ लाई जोड्न ३ सय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण हुन लागेको हो।



अहिले फाउन्डेसनको सकेर लठ्ठा तान्ने काम भईरहेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए। ३ सय ९० मिटर लामो तथा १ सय ९० मिटर उचाईमा रहेको उक्त पुलको लागत २ करोड १७ लाख रुपैँया रहेको छ। पुल निर्माणमा ट्राइल ब्रीज युनिट काठमाण्डौं, हेल्बीटास नेपाल तथा समाज कल्याण समाजले प्राविधिक सहयोग गरिरहेको छ।
झालुंगे पुल निर्माणपछि साहसीक पर्यटनका रुपमा रहेको बञ्जी जम्पको सम्भावना सहित सुदुरपश्चिम प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयले योजनाको विस्तृत प्रतिवेदन (डिपीआर) तयार पारेको छ। जिल्ला सदरमुकामबाट गाडीमा एक घण्टाको दुरीमा रहेको उक्त क्षेत्रमा पुल निर्माण भई बञ्जी जम्प सञ्चालनमा आएपछि समग्र दार्चुलाको पर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ।
झोलुङ्गे पुल पर्यटकीय दृष्टिकोणले निर्माण भइरहेको हो। मंसिर अन्तिमसम्म निर्माण सम्पन्न गरि झोलुङ्गे पुलमुनी स्वीमिङ पुल, पार्कलगायतका संरचना बनाउने योजना रहेको अध्यक्ष कार्कीले बताए।

























