२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

दार्चुलाको दुहुँमा हिकिला र गरमौरा जोड्ने झोलुंगे पुल निर्माण अन्तिम चरणमा

दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकाको वडा नम्बर २ हकिला र वडा नम्बर ५ गरमौरा जोड्ने झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। दुुहूँ गाउँपालिका वडा नम्बर ५ र २ लाई जोड्न ३ सय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण हुन लागेको हो।

अहिले फाउन्डेसनको सकेर लठ्ठा तान्ने काम भईरहेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए। ३ सय ९० मिटर लामो तथा १ सय ९० मिटर उचाईमा रहेको उक्त पुलको लागत २ करोड १७ लाख रुपैँया रहेको छ। पुल निर्माणमा ट्राइल ब्रीज युनिट काठमाण्डौं, हेल्बीटास नेपाल तथा समाज कल्याण समाजले प्राविधिक सहयोग गरिरहेको छ।

झालुंगे पुल निर्माणपछि साहसीक पर्यटनका रुपमा रहेको बञ्जी जम्पको सम्भावना सहित सुदुरपश्चिम प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयले योजनाको विस्तृत प्रतिवेदन (डिपीआर) तयार पारेको छ। जिल्ला सदरमुकामबाट गाडीमा एक घण्टाको दुरीमा रहेको उक्त क्षेत्रमा पुल निर्माण भई बञ्जी जम्प सञ्चालनमा आएपछि समग्र दार्चुलाको पर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ।

झोलुङ्गे पुल पर्यटकीय दृष्टिकोणले निर्माण भइरहेको हो। मंसिर अन्तिमसम्म निर्माण सम्पन्न गरि झोलुङ्गे पुलमुनी स्वीमिङ पुल, पार्कलगायतका संरचना बनाउने योजना रहेको अध्यक्ष कार्कीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।