कैलाली । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ
१६ जना यात्रु बोकेर घोडाघोडीको डोके बजारबाट पण्डौन तर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार महोन्याल गाउँपालिका वडा नम्बर ४ को बास पानीमा दुर्घटनामा परेको हो ।
जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
Views: 179




























