२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कैलालीको मोहन्यालमा जिप दुर्घटना, ८ जना घाइते, ३ को अवस्था गम्भिर

कैलाली ।  कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ 
१६ जना यात्रु बोकेर घोडाघोडीको डोके बजारबाट पण्डौन तर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार महोन्याल गाउँपालिका वडा नम्बर ४ को बास पानीमा दुर्घटनामा परेको हो ।
जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।